अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१३ | Colorodo: 10:28

माफ गर प्रिय मैले रातो गुलाफ दिन सकिन

राधा रिजाल २०७३ फागुन ४ गते २२:०६ मा प्रकाशित

मेरी प्यारी सानी,
मेरो सम्बोधनका शब्दहरू भन्दा तिमी धेरै माथि छौ । मेरा ओठहरु तिमीलाई सम्बोधन गर्न लाएक छैनन् । तिम्रो लागी लेख्न मेरा अक्षरहरु असाध्य कम पर्छन । मेरी रानी, म त तिमीलाई बिछोडको पिडा दिने अपराधी हुँ, प्रेमको प्याला पिलाउन नसक्ने नार्मद हु । जीवन भरी साथ दिन्छु भनी जुनी भरी खुसी दिन्छु भनी हातमा हात अनि साथमा साथ दिने कसम खाई तिमीलाई आफ्नै मन, मुटु र जीवनमा समाहित गरी भाग्यलाई दोष दिएर । सबै कसमहरु बिहान वेलुकीको छाक सँगै निलेर परदेशी भएको म धोकेवाज हुँ । मलाई तिमीले जुन रूपमा जसरी सोच्छौ ती सबै स्किार्य छन् । सानी, मान्छेको जीवनमा दुर्नियतिले डस्न कति बेर लाग्दो रहेनछ । समय र परिस्थितिले दास बनाउन पाएत हामी मान्छेको चोला निमेष भरमा निमेट हुँदो रहेछ । सँगसँगै सबै कुराहरू बिस्तारै ओरालो लाग्न थाल्दो रहेछ । मान्छेको हिजोको आज र आजको भोलि नहुने रैछ ।

त्यसैले त आज म यहाँ यस्तो स्तिथीमा छु । अर्काको मुलुक र जन्म भूमिको फरक म विदेशीय पछि मात्र थाहा पाए । अझ आफूले गर्दे नगरेको काममा जब ज्यान मुद्दामा कैदी वनाइन्छ र आफू निर्दोष हुँदा हुँदै दोषी बनी चरम यातना र पिडाहरुले मरनासन्न हुने गरी सजाय भोगिन्छ । यस्तोे वेला थाहा हुँदो रैछ आफ्नो माया गर्ने मानिस, आफन्त र स्वदेश । अझ हिन्दु हुनु र नेपाली हुनुको पिडा त झन् बढी पो हुँदो रहेछ यहाँ । न केही भन्न पाइन्छ न सुन्न नै । मात्र एकोहोरो सजाय भोगिरहयो अरूले जे जसो गरे पनि तिमी त कुरो वुझिदिन्छौ नि हगी सानी……..

थाहा छ सानी हाम्रो वर्तमान एकसाथ नभए पनि अतीत हामी सँगै छ । यादगार पलहरू छन्, रमाइला क्षणहरु छन् । जुन मात्र तिमी र म सँग सम्बन्धित छन् । हामी साथ नभए पनि हाम्रो सम्बन्धलाई जिवन्तता प्रदान गर्ने ती पलहरुलाई जब म सम्झन्छु नि सानी….. हो तिनै पलहरुले मेरो कैदि जीवन र पिडादायक वर्तमानलाई मलमपट्टिको काम गरिरहेको छ । हिजो मात्र मलाइृ असह्य हुने ठुलो भोल्टको करेन्ट लगाउदा छ नि सानी मैले हाम्रो वाल्यकाल सम्झेको थिए । हाम्रो वाल सुलभ खेलमा म तिम्रो श्रीमान् बनेको थिए । वरपर साथीहरूले ताली वजाउदा तिमी कस्तरी लजाएकि थियौ । अनि अस्ति वरफ जमेको चिसो पानीमा १८ घण्टा डुवाइदा मैले हाम्रो किशोर अवस्थाको प्रेम सम्झेको थिए । एक दिन जङ्गलमा साथ साथै डाले घास काट्न जाँदा खुर्पाले मेरो हातको बुढी औला छिनेर नशा मात्र बाकी हुँदा तिमीले तिम्रो नयाँ पटुकि च्यातेर पट्टि वाधि मेरो घाउ सुम्सुम्याएकि थियौ । अहिले घाउ निको भए पनि खत ताजै छ तिम्रो माया जस्तै । मैले दिनहु त्यही खत मुसारेर तिम्रो मायाको मिठास लिइरहेको छु । त्यस्तै ढुम्रे खोलामा वख्रे भेल उर्लिरहेको थियो । हाम्रो जवानी जस्तै हामी पिढयुमा कासको भारी बोकेर खोलो तर्दे थियौ । त्यति वेलै सानी तिम्रो चप्पल वगायो खोलाले तिमी आत्तिदै चप्पल समात्न खोज्दा कासको भारी पनि खोलाले वगायो । तिमी पनि त्यति बेला वगेर पर पुगेकि थियौ ।

मैले हत्तपत्त गरेर तिम्रो हात तानी खोला बारी ल्याएको थिए । तिमी निथु्रक भिजेको थियौ । आखाँमा डर र जीवन वाचेको खुसी सँगै मेरो लागी प्रेम देखेको थिए मैले । अनि तिमी लुगलुग काम्दै मेरो अँगालोमा वाधिएकि थियौ । मेरी सानी, तिमी सङ्गका अनगिन्ती पलहरू मेरो मनमा मानसपलटमा ताजै छन् । जुन मलाई मेरो जीवन भन्दा पनि प्यारो लाग्छ । मेरो कष्टकर पिडादायक दैनिकिलाई हरेक पलहरुले सहज बनाएका छन् । गएको महिनामा मलाई हात खुट्टाका नङहरुमा सुइरा रोपि अपराध कवुल गर्न लगाइदै थियो । तर मैले त्यति बेला हामीले लाखौ कोसिसका वावजुद हाम्रो प्रेमलाई सफल वैवाहिक जीवनमा परिनत गरेको संर्घषको कथा सम्झेको थिए । अव दुई महिना जति पछि मेरो मृत्युदण्डको मिति तोकिएको छ वुझयौ सानी, मैले त्यति वेला चाहिँ हाम्रो दुई महिने छोटो वैवाहिक जीवन काल सम्झने छु हाम्रो पहिलो सुहागरात सम्झने छु । तिमी म मा अनि म तिमीमा समाहित भएको पल सम्झने छु । ताकि मलाई मेरो मृत्यु भन्दा मेरी सानीको अधुरो साथ प्यारो लागोस ।

मलाई कुनै गुनासो छैन मेरी प्यारी तिमी तिम्रो जीवन हासी खुसी उन्मुत्त तरिकाले जीवन सक्छौ । बाकी जीवन सुख खुसी र पूर्ण बनाउन सक्छौ । मलाई कुनै गुनासो रहने छैन । बरु खुसी नै रहने छ मेरो आत्मा तर सानी मलाई एउटा कुरा चाहिँ माफ गरिदिउ है यो संसार प्रेममय भएको छ प्रेमदिवसः ले अनगिन्ती प्रेमी प्रेमिकाहरुले ‘प्रेमलाप गर्दे रातो गुलाफ साटासाट गर्दा मैले भने तिमीलाई गुलाफ पठाउन सकिन किनभने तिम्रो नामको गुलाफ मेरो मनमा फुलेको छ, फक्रेको छ, मौलाएको छ , मैले धेर्रै जतन गरेको छु यसलाई हुर्काउन । मेरो मरेतुल्य जीवनले उकेरा लगाएको छु नओइलाओस भनी मेरो आशुले सिंचित गरेको छु । तिम्रो सम्झनाका यादहरुले, प्रेमले तार वार लगाएको छु । तिम्रो वास्ना र सुगन्धले ओठको लालीले यसमा रातो रङ्ग भरेको छु । फासीमा नचडुनजेल यसमा मेरा खुसीका पुतलीहरु उडिरहने छन् । अझ भनौ भने मेरी सानी यसै फुलमा मैले तिम्रो प्रतिविम्व प्रतित भएको महसुस गरेको छु । निकटतता महसुस गरेको छु । अव भन मैले तिमीलाई यो रातो गुलाफ कसरी दिन सकुला ? मलाई माफ गर प्रिय, मैले प्रेम दिवसमा रातो गुलाफ दिन सकिन ।