अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३१ | Colorodo: 18:46

टेक्ससमा आउँदो आइतबार भव्य होली मनाइदै

बिआरटीनेपाल २०७३ फागुन १९ गते १७:१६ मा प्रकाशित

इन्द्रेणी सांस्कृतिक सङ्घ ले आउँदो मार्च ५ तारिक आइतबार हिन्दुहरूको पर्व भव्य होली कार्यक्रम राखेको छ। ग्रेपभाइन को 2700 Trawick Trl, Grapevine, TX 76051 मा रहेको पार्कमा आयोजना गर्न लागिएको होली कार्यक्रममा सहभागी हुनका लागि इन्द्रेणी सांस्कृतिक सङ्घ अध्यक्ष तारा भुषालले इन्द्रेणी सांस्कृतिक सङ्घका तर्फबाट स्थानीय समाजसेवी सङ्घ संस्थाहरू तथा सबै नेपालीहरूलाई आव्हान गर्नुभएको छ ।

इन्द्रेणी सांस्कृतिक सङ्घले टेक्ससमा यो पर्व मनाउन सुरु गरे पनि गत वर्ष देखि अन्य समुदाय तथा संस्थाले पनि होलीको आयोजना गर्न थालेका छन् । नेपालीहरू सङ्ख्या बढ्नु सँगै यसरी कार्यक्रम बढ्नुलाई स्वाभाविक मान्छन टेक्सासवासीहरु। कार्यक्रममा होली खेल्नुका साथै अन्य होली नृत्य तथा अन्य मनोरन्जनात्मक कार्यक्रम समेत गरिन्छ।

इन्द्रेणी सांस्कृतिक सङ्घका निबर्तमान अध्यक्ष नेत्र पाण्डेले ‘सबै नेपाली संघसंस्थाहरूसँग समन्वय गरेर होली मनाउन लागिएको छ, एक दिन भए पनि सबै नेपाली एकै ठाउँमा भेला भएर रङ्गको पर्व होली खेल्न म विशेष निमन्त्रणा गर्दछु, उहाँले भन्नुभयो ।

होली पर्वमा सबैलाई प्रवेश निःशुल्क गरिनुका साथै खानेपिउने व्यवस्था समेत सशुल्क गरिएको छ । सबै नेपाली एकजुट भएर होली मनाउँ, एकैठाउँमा बसेर मनाउँ र रङ्ग अलग भए पनि एकै मन लिएर मनाउँ, इन्द्रेणी सांस्कृतिक सङ्घले सबैमा अपिल गरेको छ ।

प्रतिक्रिया