अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१८ | Colorodo: 10:33

लोक दोहोरी गीत ‘छाब्दी बाराही’ सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७३ माघ २६ गते ३:५६ मा प्रकाशित

गायिका पार्वती खनाल र रवि घर्ति मगरको आवाजमा रहेको लोकगीत ‘छाब्दी बाराही’ बोलको लोक दोहोरी गीतको भिडियो सार्वजनिक भएको छ । विवश गोर्खालीको शब्द र लय रहेको गीतको भिडियो निर्देशन जीवन पन्तले गरेका हुन् ।

प्रसिद्ध धार्मिक स्थल छाब्दी बाराहीको प्रबर्द्धनका लागि बनाइएको गीतको भिडियोमा छाब्दि बाराही मन्दिर परिसरसंगै विभिन्न भागलाई उतारिएको छ । भिडियोमा सुवास पन्थ र आशिका गुरूड्गको अभिनय रहेको छ । भिडियोलाई शक्ति प्रज्जवल घिमिरेले खिचेका हुन् भने उनले नै काटेका हुन् । यसलाई बजारमा सार्थक डिजिटल प्रा.लि.ले ल्याएको छ ।

लोकगीतको संरक्षणमा जुट्दै आएको सामाजिक संजाल फेसबुकमा रहेको छाब्दी बाराही रोधिघर तनहुँको समुहको सक्रियतामा गीत बजारमा निस्किएको हो ।

प्रतिक्रिया