अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३२ | Colorodo: 18:47

हलिउडका सिनेमा व्यवसायका वरिष्ठ समिक्षक रब आफ्टो कलिउडमा

बिआरटीनेपाल २०७३ माघ १४ गते १९:२६ मा प्रकाशित

हलिउडका सिनेमा व्यवसायका वरिष्ठ समिक्षक रब आफ्टो नेपालमा गएर एक महत्त्वपूर्ण कार्यसाला गोष्टी गर्ने भएका छन् । नेपाल चलचित्र निर्माता सङ्घमा हालै नव निर्वाचित अध्यक्ष आकाश अधिकारीको पहलमा यो कार्यक्रम गरिने तय भएको छ ।

भारतीय र पश्चिमी सिनेमाको बिग्बिगी रहेको नेपालको सानो सिनेमा बजारमा नेपालमा उपलब्ध सीमित साधन र श्रोतबाट निर्मित प्राय सिनेमाहरुले आफ्नो लगानी उठाउन पनि धौ-धौ परिरहेको छ । प्राकृतिक सौन्दर्यताको हिसाबले विश्वकै तेस्रो स्थान र एसियामा पहिलो स्थान ओगटेको छ सुन्दर देशले । तर नेपालमा बन्ने सिनेमाहरुले देशको सुन्दरता,कला, संस्कार र संस्कृति आदिलाई सकुसल पर्दामा उतार्न सकेको अवस्था छैन । अन्तरराष्ट्रिय बजारको त कुरै छोडौं देश भित्रै रहेका नेपाली दर्शकहरुकै पनि मन जित्न सकिरहेको अवस्था छैन ।

नेपालको सुन्दरता हेर्न हजारौँ डलर खर्चिएर विश्व भरीका पर्यटक नेपाल पुग्छन । तर १०-१५ डलरको टिकट किनेर आफ्नै देशका सिनेमा हलहरुमा गएर सिनेमा मार्फत नेपालको बस्तुस्थिती बुझ्न सकिने खालका सिनेमाहरु नेपाली सिनेमा निर्माताहरूले तयार पार्न सकेको देखिदैन । अन्तर्राष्ट्रिय सञ्चार माध्यममा स्थान पाउन सक्ने स्तरका सिनेमाहरु पनि बन्न सकेको देखिँदैन । यसको कारक तत्वहरुमा लगानी तथा प्राविधिक पक्ष मुख्य हुन सक्दछन ।

नेपाली सिनेमा जगतलाई गहिराई सम्म बुझेका निर्माता, निर्देशक तथा नायक आकाश अधिकारी अध्यक्ष भए लगत्तै यो क्षेत्रलाई स्तरीय र आकर्षक बनाउने उपायको अनुसन्धानको क्रममा अन्तर्राष्ट्रिय स्तरको बिग्यहरुको परामर्शको आवश्यकताको महसुस गरेको कुरा बताउंछन आकाश अधिकारी । हलिउडका यस्ता विशेषज्ञलाई नेपाल गएर कार्यशाला गोष्टी गरिदिनको लागि अधिकारी आफै हालै अमेरिकामा नै आएर भेटेरै अनुरोध गरेका थिए । जुन कुरालाई रब आफ्टोले स्वीकार गरेका छन् । मार्चको अन्तिम साता तिर उनी नेपाल पुग्ने भएका छन् ।

सानो लगानीमा बन्ने सिनेमाले कसरी ठुलो बजार पाउंन सक्छ ? सिनेमामा दर्शकहरूले के-के कुरा खोजी रहेका हुन्छन् ? भन्ने जस्ता विषयमा नेपाली सिनेकर्मीहरुलाई बताउने छन् । साथै नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन आवश्यक पर्ने स्तर र कदमहरुका बारेमा उल्लेख गर्ने छन् ।

 

प्रतिक्रिया