अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३२ | Colorodo: 11:47

स्टण्ड, थ्रील र मिसनमा आधारित चलचित्र ‘ब्ल्याक डायरी’ बैशाखबाट

बिआरटीनेपाल २०७३ माघ १३ गते ४:१७ मा प्रकाशित
स्टण्ड ,थ्रील र मिसनमा आधारित आधुनिक चलचित्र ‘ब्ल्याक डायरी’ले आफ्नो निर्माण क्रम सकेर चलचित्र प्रदर्शनको निम्ति सेन्सर गरिएको जानकारी प्राप्त भएको छ । आजका युवा पिढींलाई लक्षित र उनिहरुकै पूर्ण मनोरञ्जनलाई ध्यानमा राखेर चलचित्र ब्ल्याक डायरीको निर्माण गरिएको बताइएको छ ।
चलचित्र मुख्यतः बाइक स्टण्ड र मर्डर मिस्त्रीमा आधारित रहेको चलचित्रको प्रस्तुतकर्ता पत्रकार सबिन शाक्यले  बताएका छन् । चलचित्रको कन्टेन र प्रस्तुतिकरणमा पृथक प्रस्तुती रहेको चलचित्र ब्ल्याक डायरी ०७४ बैशाखबाट देशभर एक साथ प्रदर्शन गर्ने पनि बताइएको छ । चलचित्रमा रमेश सिंह ठकुरी, भुवन के.सी. पुजा भट्ट, अभय कुँवर, बबिता घिमिरे, निकिता शाही, बाल्दिप राई लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
आधुनिक प्रबिधि र प्रस्तुतीलाई ध्यानमा राखेर निर्माण गरिएको चलचित्र ब्ल्याक डायरी युवाहरुको पेरिफेरिमा मोटर साइकल स्टण्ड र थ्रीलमा आधारित रहेको बताइएको छ ।
क्याट भिजन प्रोडक्सन प्रा. लि. को ब्यानरमा चलचित्र ब्ल्याक डायरीका निर्माण भएको छ भने चलचित्रको प्रस्तुतकर्तामा सबिन शाक्य रहेका छन् । चलचित्रको निर्माण अनोज अघिकारीले गरेका छन् भने चलचित्रलाई निर्देशन सुजन घिमिरेले गरेका छन् ।
प्रतिक्रिया