अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२३ | Colorodo: 18:38

राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा मेक्सिको सीमामा पर्खाल लगाउने एक्जुकेटिव अर्डरमा हस्ताक्षर

बिआरटीनेपाल २०७३ माघ १२ गते १४:५० मा प्रकाशित

लस एन्जलस , १३ माघ । राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो चुनावी वाचा अनुरूप पूर्ववर्ती सरकारको लचिलो सीमा सुरक्षा र अध्यागमन नीतिलाई उल्ट्याउदै मेक्सिको सीमामा पर्खाल लगाउने एक्जुकेटिव अर्डर जारी गरेका छन् । राष्ट्रपति ट्रम्पले पूर्ववर्ती सरकारको लचिलो सीमा सुरक्षा र अध्यागमन नीतिलाई उल्ट्याउदै बुधवार मेक्सिको सीमामा पर्खाल लगाउने र अध्यागमन सुरक्षा सम्बन्धी सङ्घीय सहयोग बन्द गर्ने ‘स्यान्कच्वरी सिटी’ एक्जुकेटिव अर्डरमा हस्ताक्षर गरेका हुन । एक्जुकेटिव अर्डरमा हस्ताक्षर गरे लगत्तै राष्ट्रपति ट्रम्पले भने, ‘सीमा सुरक्षा र अध्यागमन नीतिलाई सही नीति तर्फ डोर्याउने असल सुरुवात हो जारी गरिएको एक्जुकेटिव अर्डर ।’ उनले जोड दिएर भनेका छन्, मेक्सिकोसँगको सीमा सुरक्षा भनेको सुरक्षित पर्खाल निर्माण गर्नु हो र एक्जुकेटिव अर्डरले असल कार्यको सुरुवात गरिसकेको छ ।

संयुक्त सीमा सुरक्षाको लागि पर्खाल निर्माण गरिने हुँदा पर्खाल निर्माणको खर्च मेक्सिकोले पनि ब्यहोर्नु उपयुक्त हुनेछ ।’ स्मरण रहोस् अर्को साता व्हाइट हाउसमा राष्ट्रपति ट्रम्प भेट्ने तयारीमा रहेका मेक्सिकोका राष्ट्रपति इनरिक पेना नियतोले मेक्सिकोले यस्तो खर्च ब्योहोर्न नसक्ने बताउँदै आएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो चुनावी वाचा अनुरूप पूर्ववर्ती डेमोक्र्याट राष्ट्रपति बराक ओबामाको महत्त्वपूर्ण उपलब्धि भनेर प्रचार गरिएको ओबामा स्वास्थ्य सुधार बिल ‘ओबामा केयर’ विरुद्ध समेत एक्जुकेटिव अर्डर जारी गरिसकेका छन् ।

प्रतिक्रिया