अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२३ | Colorodo: 22:38

राष्ट्रपति ट्रम्पलाई महिलाहरूको जोडदार सन्देश

बिआरटीनेपाल २०७३ माघ ९ गते १०:२७ मा प्रकाशित

महिलाहरूको समूहले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प लाई जोडदार सन्देश दिएका छन् l पूर्व कार्यक्रम अनुसार डिसीमा ४५ औ राष्ट्रपति बनेका डोनाल्ड ट्रम्प लाई ध्यानाकर्षण गराउदै सपथ ग्रहणको भोलि पल्ट डिसीमा लाखौ को सङ्ख्यामा उपस्थित भई ऐक्यबद्धता देखाउदै खबरदारी समेत गरेका छन् l 

महिला समानता तथा महिला सशक्तिकरणका मुद्धालाई बुलुन्द आवाज पार्न तथा यस विषयलाई अझ प्रभावकारी बनाउन गरिएको जुलुसमा हिडेका प्रदर्शनकारीले राष्ट्रपति ट्रम्पले महिला प्रति लिएर हिडेको मूल्य तथा आदर्श को विरोधमा सहभगिता जनाएका बताएका थिए l

विशेष गुलाबी रङ्गका वस्त्रमा आएका सहभागीहरुले राष्ट्रपति ट्रम्प लाई ध्यान गराउदै चर्का नारा लगाउदै विरोध समेत गरे l अनेक प्रकारका झन्डा ,तुल ,प्रचार प्रसार तथा संदेश लेखेका सामाग्रीहरू हातमा लिएर झाँकी सहित सहभागीहरू उत्साहपूर्वक आफ्ना आवाज सुनाउने ध्येयमा तल्लिन थिए l डोनाल्ड ट्रम्प ले अगि सारेका केही कार्यसूचीलाई अर्को चार वर्ष सम्म परिवर्तन गर्न दिदैनौ भन्ने जोडदार संदेश फैलाएका थिए l डिसी मा हुने उक्त भेलामा अमेरिकाका कैयौ राज्यहरुबाट सहभागीहरू आएका थिए l 

प्रदर्शनकारीले राष्ट्रपति ट्रम्प लाई लक्षित गर्दै पहिलो दिन मा स्वागत छ भन्दै हामी कहिले जाने छैनौ भन्ने नारा समेत लगाएका थिए भने अर्का थरी महिला महिलाको अधिकार र प्रजातन्त्र भनी नारा लगाएका थिए l

डिसी रेल सेवाले ५ लाख ९७ हजार यात्रीहरु भएको सामाजिक सञ्जालमा लेखेको जानकारी दिएको थिए भने मुख्य सहरका रेल चौकीहरु भरि भराउ भएको जनाएको थियो l महिलाहरू कहिले पछाडि हट्दैनन् , ज्यादा प्रेम र कम भय लेखेका सामाग्रीहरू प्रस्तुत गरेका थिए l राष्ट्रपति ट्रम्प ले चुनावी अभियानमा आफूले लिएर हिडेका महिला समुदाय तथा वर्ग प्रति उठाएका मुद्धाहरु गर्भ पतन ,स्वास्थ्य बिमा ,बिबिधता तथा मौसम परिवर्तनको निन्दा गरेका थिए l

डिसीमा राखिएको प्रदर्शनलाई समर्थन जनाउदै न्यु योर्क ,सिकागो ,लसएन्जेलस ,कोलोराडो ,फिलाडेल्फिया को साथै विश्व व्यापी रूपमा पेरिस ,बर्लिन ,लन्डन ,प्राग ,सिड्नी ,दक्षिण अफ्रिका तथा अन्य देशमा पनि प्रदर्शन भएको छ l अमेरिकन कलाकार फेरेराले हामी डिसी राष्ट्रको नैतिक मर्मको लागि आएकी बताएकी थिइन् भने प्रसिद्ध गायिका मेडोनाले यो भयङ्कर अवस्था भनी टिप्पणी गरेकी थिइन् भने भाषण गर्ने क्रममा अश्लील शब्द प्रयोग गरेकी थिइन् l उनले ठाडै राष्ट्रपति ट्रम्प को खुलेर विरोध गरिन l 

आयोजकले जानकारी दिए अनुसार झन्डै ६ सय भन्दा ज्यादा सिस्टर मार्चेज “भगिनी जुलुस” अमेरिका तथा विश्व भर भ्रमण गर्ने योजना रहेको खबर सीबिएसमा छ l महिला ले आयोजना गरेको कार्यक्रम रहेता पनि पुरुषहरुले सहभगिता जनाएका थिए l अमेरिका भर भएको प्रदर्शनीमा नेपाली मूलका महिला अधिकारकर्मी तथा सामाजिक कार्यकर्ताहरूले समेत ऐक्यबद्धता देखाएका छन् l 

तस्बिर :एपी/सीबिएस/रिउटर्स

प्रतिक्रिया