अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२१ | Colorodo: 22:36

गजल

धर्म भट्टराई "हरीदाइ" २०७३ पुष १ गते २३:२६ मा प्रकाशित

अघाएको डकार पछि खिर को कुरा गर्छन्
बेसी खेत मा बाउसे गर्दै भिर को कुरा गर्छन्
के थाहा पिडा तीनलाई अचानोमा हुँदा
टुक्रा बनाइ उन्छन अनि झिर को कुरा गर्छन्

छोडी भाग्ने रणभुमी अनि वीर को कुरा गर्छन्
समाजसेवी तिनै हुन्छन् दु:ख पिर को कुरा गर्छन्
ठेस लाग्दा दुख्ने खुट्टा खान्चाइ खन्चाइ हिँड्ने
आधा शरीर हलनचल शिर को को कुरा गर्छन्।

कहाँ कति बगे अनि तिर को कुरा गर्छन्
वसन्त नि भुले पछि शिशिर को कुरा गर्छन्
भाग्य मेरो छ दै छ नि भन्दै डोको थाप्छन
जबरजस्ती पुरा हुने तग्दिर को कुरा गर्छन्
अघाएको डकार पछि खिर को कुरा गर्छन् ।।

प्रतिक्रिया