अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२४ | Colorodo: 19:39

धरानमा न्यु इयर इभ २०१७ कन्सर्ट हुँदै

बिआरटीनेपाल २०७३ मंसिर ३० गते २२:४८ मा प्रकाशित

धरान र आगामी पौष १६ गते शनिवार अङ्ग्रेजी नयाँ वर्ष २०१७ को स्वागतार्थ धरानको पब्लिक स्कुलको मैदानमा “बायो न्यु इयर इभ कन्सर्ट २०१७” आयोजना हुने भएको छ । चर्चित रक (पप ब्याण्ड रबिन एंड द न्यु रेभोलुशनको विशेष प्रस्तुति रहने कार्यकर्ममा चर्चित गायिका इन्दिरा जोशीसँगै धरानबाट उदाउदै गरेको चर्चित रक(पप ब्याण्ड आउटसाइडर्स र अर्का धराने गायक बबिन लिम्बुको लाइभ प्रस्तुति रहनेछ ।

धरानसँग आफ्नो गहिरो नाता रहेको बताउने रबिन एंड द न्यु रेभोलुशनका अग्ला जिउडालका गायक रबिन तामांग लामो समय पछि धरानमा कन्सर्टका लागि आउन लागेकोले उत्साहित छन् ।धरानमा भएको कन्सर्टको बेग्लै मज्जा हुने बताउने गायक रबिनले केटाकेटी, भुलमा भुल्यो, जति माया, दम मरो दम, गजबका है दीन,भेटे मैले शिवजी, नेपाल–नेपाल, चिसो चिसो हावामा जस्ता आफ्ना चर्चित गीतहरूसँगै नयाँ गीतहरू समेत धरान (कन्सर्टमा प्रस्तुत गर्दैछन । त्यस्तै उध्रेको चोली, रातो घाघरा, बेहुली लगायतका थुप्रै चर्चित गीतहरू आफ्नै स्टाइलमा न्यु इयर इभ कन्सर्टमा गायिका इन्दिरा जोशीले प्रस्तुत गर्ने्छिन । robin-and-the-new-revolation

सोलो गायकको रूपमा नेपाली सङ्गीत क्षेत्रमा लामो समय देखि सङ्घर्ष गर्दै गरेका गायक डिल्ली फोम्बो सम्मिलित धराने ब्याण्ड आउट साइडर्स अहिले बिस्तारै पूर्वबाट आफूलाई देशव्यापी रूपमा स्थापित गराऊदै छन् । आउट साइडर्स ब्याण्डले रबिन एंड द न्यु रेभोलुशनसँगै एउटी स्टेजमा आफूलाई उतार्दैछन् आफ्ना पुराना गीतहरू माया कस्तो यो माया, आउछु म भनेर लगायत माइली, बेगारी जस्ता निक्कै रुचाइयेका गीतहरू लिएर ।
त्यस्तै धरानको पुरानो बजारमा बोलको पुरानो गीतलाई नयाँ रेकर्ड गरी गाएर चर्चा कमाएका धराने गायक बबिन लिम्बु समेत धराने दर्शकहरुसंग न्यु इयर इभ मनाउन आऊदैछन ।

साँझ साढे चार देखि आठ बजे सम्म आयोजना हुने शत प्रतिशत मनोरंजनको ग्यारेन्टी दिइएको कार्यकर्मलाइ भव्य र सभ्य बनाइने कार्यकर्म ब्यस्थापक सिल्भर इन्टरटेन्मेंटले जनाएको छ । न्यु इयर इभ कन्सर्टको लागि उच्च स्तरीय लाइट तथा साउण्डको व्यवस्था सुन्दर साउण्ड सर्भिस, धरानले गर्नेछ । maxresdefault

बायो इस्प्रिट्स प्रालि को प्रस्तुति तथा वाईवाईको सहकार्यमा भएको कन्सर्टमा नेपाल आइस नेचुरा बियर , चेसुंग वाइनसंगै बराह ज्वेलरी ,सुबिसु इन्टरनेट, यामाहा, टप युनिभर्सल एकेडेमी, होटेल एसोसिएसन भेडेटार, भिन्टेज क्याफेको सहयोग रहेको छ । अग्रिम टिकट खरिद गर्नेहरुलाई रु १०० र कार्यकर्मको दिन रु २०० टिकट दर राखिएको छ ।

प्रतिक्रिया