अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४५ | Colorodo: 02:00

गजल-थापा थकित

बिआरटीनेपाल २०७३ कार्तिक २० गते ९:२८ मा प्रकाशित

 

सानो मान्छे ठूलो कुरा गर्नै सुहाउँदैन
ब्याउने त गाई नै हो गोरु त ब्याउँदैन

गर्नु पर्ने धेरै छन ,गर्छु भने कै छु
तर सरकार छिट्टै ढल्छ गर्नै भ्याउँदैन

इन्टरनेट र मोवाईलको जमाना आयो
हुलाकीले चिठ्ठी पत्र अब ल्याउँदैन

नदी किनारमै पुरै जवानी सकियो
बूढो माझीले अब डुङ्गा ख्याउँदैन

डिस्को बारमा बिरही भाकाका सुन्नु ?
गाईनेले पनि त अचेल गाउँदैन।।

प्रतिक्रिया