अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१३ | Colorodo: 08:28

गायक नवराज दाहालको ‘झिलेले..’मा झुम्दै स्रोता- दर्शक (भिडियो सहित)

बिआरटीनेपाल २०७४ असोज ३० गते १:५५ मा प्रकाशित

 

गायक नवराज दाहाल एउटा अर्को म्यजिक भिडियो लिएर दर्शकमाझ आएका छन् । भारतको आसाममा आफ्नो जादूगरी प्रस्तुति देखाएर हजारौँ दर्शक-स्रोताको मुटुमा बसिरहेका गायक दाहालको अर्को डान्सिङ नम्बर यूट्युबमार्फत सार्वजनिक भएको हो ।

नेपाली दर्शकस्रोताका लागि बिल्कुलै नयाँ शब्दमा उनको गायन प्रस्तुति निकै आकर्षक छ । झिलेले झिलेले झिलेले झिलेले बोलको यस गीतमा शब्द र सङ्गीत आसाम निवासी नारायण घिमिरेको रहेको छ ।

सङ्ग्स् नेपालको ब्यानरमा भर्खरै युट्युबमार्फत् सार्वजनिक भएको यो भिडियोले क्लब, डान्सबार, थेक र स्टेज तताउने उनको विश्वास रहेको छ । नाच्न, झुम्न र बिन्दास हुन मनपराउने र नाच्ने गीतका पारखीका निम्ति यो गीत मनप्रिय साबित हुनेछ ।

भर्खरै प्रशिद्ध सङ्गीतकार हरि लम्सालको सङ्गीतमा — तिमी ब्ल्याक अनि ब्यूटी पनि बोलको गीत रेकर्डिङ सकाएर चाँडै बजारमा ल्याउने तर्खर गरिरहेका नवराजले यसअघि “लैबरी” नामक गीतिएल्बम् बजारमा ल्याएका थिए । भारतको आसाममा दर्जनौँ हिट गीतमार्फत परिचित नवराजले यस गीतमार्फत् आफू नेपालमा पनि चिनिने विश्वास लिएको बताए ।

चाडै नै तिमी ब्ल्याक अनि ब्युटी पनि बोलको गीतमार्फत नेपाली शैलीको गीतमा श्रीगणेश गर्ने प्रतिबद्धता गर्दै भने, ‘मेरो आवाज र मेरो गायनलाई देशविदेशमा रहेका तमाम सङ्गीतप्रेमी दर्शकस्रोताले मन पराइदिनुहुनेमा विश्वस्त छु ।’
यो गीतले उनलाई नेपाली सङ्गीतमा स्थापित गराउने छ भन्ने उनले विश्वस लिएका छन् । उनले भने ‘मलाई सकारात्म र सिर्जनात्मक प्रतिक्रिया दिएर अघि बढ्न सहयोग गर्नुहुनेछ ।’

चलचित्र निर्देशक हरि पराजुलीको निर्देशन रहेको यस म्युजिक भिडियोमा युवा मोडलद्वय कमल सिंह र करिश्मा ढकालको अभिनय रहेको छ । प्रदीप ज्ञवालीको करियोग्रफी रहेको यस म्युजिक भिडियोलाई गीता ढकालले निर्माण गरेको हो ।

प्रतिक्रिया