अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०८ | Colorodo: 20:23

एभरेष्ट नेपाल कल्चरल ग्रुप अमेरिकाको सांस्कृतिक मेला

बिआरटीनेपाल २०७४ असोज २६ गते ४:०७ मा प्रकाशित

एक बिशुद्ध सांस्कृतिक  पहिचन बोकेको एभरेष्ट नेपाल कल्चरल ग्रुप अमेरिका शाखा अन्तरगत WACO CULTURAL ARTS FEST ले आयोजना गरेको सांस्कृतिक मेलामा आफ्नो गौरबमय प्रस्तुति प्रस्तुत गरेको छ ।  वरिष्ठ नृत्य निर्देशक तथा ग्रुपका अमेरिका शाखाका निर्देशक ठाकुर कोइरालाको नृत्य निर्देशन रहेको सो कार्यक्रममा कलाकारहरू ठाकुर कोइराला वर्षा भण्डारी स्रिजेश कोइराला, स्रिस्ठी गौतम लगएयल कलाकारहरूले झ्याउरे, यती, तमाङ सेलो आदी नृत्य प्रस्तुत गरेका हुन्।

सो अवसरमा ग्रुपका निर्देशक ठाकुर कोइरालाले WACO CULTURAL ARTS FEST का आयोजक वेको सहरका नगरपालिका कार्यकारी लगायत उपस्थित सम्पूर्ण महानुभाबहरुलाई भेटि नेपाली कला सस्कृति को विकासको लागि भविष्यमा यस सम्बन्धी विशेष कार्यक्रम सरकारी तथा गैर सरकारी निकायहरूको सहयोगमा गर्न सकिने बताउनुभयो |

ठाकुर कोइरालाको नेतृत्वमा रहेको एभरेष्ट नेपाल कल्चरल ग्रुप अमेरिका शाखा र (WACO CULTURAL ARTS FEST) ले विगत केही समय देखी मिलेर यस्ता कार्यक्रम हरू गर्दै आइरहेको छ।

प्रतिक्रिया