अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२२ | Colorodo: 16:37

निर्देशक आकाश अधिकारीले नेपालमा बिद्येमान बहुपति प्रथामाथी चलचित्र ‘सूयोदय’ बनाउँदै

बिआरटीनेपाल २०७४ असोज ३ गते १३:३५ मा प्रकाशित

नेपालका हिमाली क्षेत्रमा अझै पनि बिद्यमान रहेको बहुपति प्रथामाथी निर्देशक आकाश अधिकारीले चलचित्र निर्माण गर्ने भएका छन् । घरको जेठो छोराले बिबाह गरेर ल्याएकी युवतीलाई अन्य भाईहरुले पनि श्रीमती स्वकार्नु पर्ने प्रचलन रहेको नेपाली समाज भित्रकै यथार्थमाथी निर्देशक अधिकारीले चलचित्र ‘सूर्यदय’ निमार्ण गर्ने भएका हुन् ।

आज भन्दा ९ बर्ष अगाडिनै यो चलचित्र निर्माणको घोषणा गरेका अधिकारीले लामो समयको अध्ययन, सम्बन्धित समुदायका ब्यक्तीहरुको धारणा लगायतको अनुसन्धानकै कारण नौ बर्ष लागाएका हुन् । ‘द स्काई मुभिज’को ब्यानरमा ८ देखि १० करोडसम्मको लगानीमा निर्माण हुन लागेको चलचित्र सूर्यदय निर्माणमा ‘द स्काई मुभिज’सँग अन्य ५ स्वदेशी तथा विदेशी संघसँस्थाले सहकार्य गर्नेछन् साथै, स्वदेश र विदेशका संघसंस्थाले यसको ‘कपीराइट’ प्रतिलिपी अधिकार सुरक्षित गरिसकेका छन् ।

 

 

प्रतिक्रिया