अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२८ | Colorodo: 00:43

कलाकारहरुको जम्बो टोली लिएर मह जोडीले चलचित्र ‘सत्रुगते’ बनाउँदै

बिआरटीनेपाल २०७४ भदौ ३१ गते १५:०२ मा प्रकाशित

मह संचारको प्रस्तुतीमा चलचित्र ‘सत्रुगते’ निर्माण हुने भएको छ। शुक्रवार राजधानीमा कार्यक्रमको आयोजना गर्दै मह जोडीको चलचित्र ‘सत्रुगते’ घोषणा गरिएको हो।

चर्चित हाँस्यकलाकार  मह जोडीको साथमा अन्य थुप्रै कलाकारको जम्बो  टोलीको अभिनयमा बन्न लागेको यस चलचित्रलाई प्रदिप भट्टराईले निर्देशन गर्ने भएका छन्। हरिवंश आचार्यको कथा तथा दिपकराज गिरी र प्रदिप भट्टराईको पटकथामा  बन्ने यस चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गिरी, दिपाश्री निरौला, प्रियंका कार्की, शिवहरी पौड्याल, पल शाह, आँचल शर्मा, किरण के.सी लगायत थुप्रै कलाकारहरुको मुख्य भुमिका रहने छ। 

चलचित्रमा दीर्घ गुरुंगको छायांकन, कविराज गहतराजको नृत्य तथा राजनराज सिवाकोटीको गीत संगीत रहनेछ्। चलचित्रलाई रमिला आचार्य, यसोदा सुवेदी, नरेन्द्र कंसाकार, दिपकराज गिरी, दिपाश्री निरौला र शिवहरी पौड्यालको संयुक्त रुपमा निर्माण गर्ने भएका छन्।

कार्तिक ६ बाट चलचित्रको सुटिंग सुरु गरिने बताइएको छ। ५० दिनसम्म चल्ने चलचित्रको सुटिंग तराईका केही जिल्ला हरु बाट सुरुवात गरिनेछ्।

प्रतिक्रिया