अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०७ | Colorodo: 05:22

गायक राजेश पायल राई फेरी अमेरिका आउँदै

बिआरटीनेपाल २०७४ भदौ २८ गते ४:४३ मा प्रकाशित

नेपाली गायन क्षेत्रका सर्वाधिक भर्सटायल गायक राजेश पायल राई साङ्गीतिक कार्यक्रमको लागि फेरी अमेरिका आउने भएका छन् । नेपाली गायन क्षेत्रका बहुचर्चित एवं लोकप्रिय गायक राईको यो पटकको साङ्गीतिक यात्रा यसै सेप्टेम्बर महिनाको अन्तिमबाट सुरु हुनेछ भने यो यात्रा ५० दिनको हुनेछ । “अमेरिकाको विभिन्न शहरहरु न्यु योर्क, पेन्सल्भेनिया, केन्टुकी, पोर्ट्ल्यान्ड, रिचमन्ड, न्यु ह्याम्सायर, सियाटल लगायतका सहरहरूमा कार्यक्रम हुनेछ । बिआरटी नेपाललाई फोन मार्फत यो जानकारी दिए ।

आधुनिक गायनमा गजल, लोकभाका, पार्श्व अधिकाश गायन विधामा उत्कृष्ठ निपुणता बोक्न सक्नु गायक राईको प्रमुख विशेषता भएको कारण नै दुई दशक यता सदाबहार रहेका छन् । बुईपा लेक्पा खोटाङमा जन्मिएका उनले आफ्नै टारी खेतमा आसारे झरीमा बाउसे गर्दा देखी गायन प्रारम्भ गरेको र नम्बर एक स्थानमा आई पुग्न कर्कश दर्द र पीडा सहनु परेको तितो यथार्थ नै आफ्नो सफलताको गाथा हो उनी भन्छन् । २०४५ सालमा रेडियो नेपालमा सम्झनाको कुरा नगर….. बोलको गीत रेकर्डिङबाट साङ्गीतिक यात्रा सुरु गरेका राईले २०५२ सालमा डेब्यू गर्दै पहिलो एल्बम ‘मुर्च्छना’ बजारमा ल्याएका थिए ।

विगत दुई दशक भन्दा बढी समयदेखि नेपाली साङ्गीतिक क्षेत्रमा व्यावसायिक रूपले लागेका राईका दर्जनौं आधुनिक, चलचित्र र लोकगीतहरु लोकप्रिय छन् । उनका हालसम्म र्मुच्छना, जस्ट फर यु, निगाह, लभ लेटर, जदौं, कामना, बैगुनी रैछौं मायालु, दर्शन नमस्ते, दर्शन नमस्ते २, दर्शन नमस्ते ३, राई इज किङ्ग, मेड इन नेपाल लगायतका थुप्रै एकल गीति संग्रहहरु बजारमा प्रकाशित छन् ।

प्रतिक्रिया