अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४१ | Colorodo: 03:56

‘मिसेस नेपाल ग्रान्ड’का प्रतियोगीको थरी थरी नृत्य

बिआरटीनेपाल २०७४ साउन २५ गते ९:१५ मा प्रकाशित

‘मिसेस नेपाल ग्रान्ड–२०१७’ प्रतियोगीले थरी थरी नृत्य प्रस्तुत गरेका छन् । १८ वर्षदेखि ४० वर्षसम्मका प्रतियोगीले शास्त्रीय, आधुनिक, लोक, बेली, कम्टेम्प्ररी तथा हिपअप जस्ता नृत्य प्रस्तुत गरेका छन् ।

ललितपुरको कुपन्डोलमा सम्पन्न ट्यालेन्ट शोमा प्रतियोगीहरुले विभिन्न नृत्यसँगै, गायन, बतृत्वकलासमेत प्रस्तुत गरे । ¥याम्प जोन ईभेन्ट प्रा.लि.द्धारा अयोजित यो प्रतियोगितामा १६ जना प्रतिस्पर्धी छन् ।

जसमा सुविना शाही, पुजा शिवाकोटी, अनु तिवारी ठकुरी, लिना डंगोल ताम्राकार, दिपा तिवारी गुरुङ, एलिना ध्वजु सुवेदी, लिना कार्की केसी, बिना नेमकुल, उषा केसी दाहाल, निर्मला शाही, निशा केसी क्षत्री, सन्तोषी जिसी, श्वेता गौतम गिरी, हिरा सापकोटा, प्रतिज्ञा महत क्षत्री र बन्दना बिष्टले आफ्ना प्रतिभा प्रस्तुत गरे ।

ट्यालेन्ट शोको निर्णायकमा नृत्य निर्देशक दिपक बज्राचार्य, सँगीतकार जुगल डंगोल, अभिनेत्री सारिका घिमिरे र पत्रकार एवं चलचित्र निर्देशक डब्बु क्षत्री थिए ।

आगामी २ भदौमा राष्ट्रिय नाचघरमा हुने अन्तिम प्रतिस्पर्धाबाट मिसेस नेपाल ग्रान्ड चयन हुने आयोजक संस्थाकी अध्यक्ष रमी श्रेष्ठले जानकारी गराईन् ।

महिलाहरुलाई मुलधारलाई ल्याएर उनीहरुलाई विभिन्न प्रशिक्षण दिँदै व्यक्तित्व विकाशसँगै अघि बढ्न हौसला दिनको लागि यो प्रतियोगिता आयोजना गरिएको पनि उनले बताईन् ।

 

प्रतिक्रिया