अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०४ | Colorodo: 08:19

डिसी नेपाली समाजले अमेरिकामा जनैपूर्णिमा मनायो

बिआरटीनेपाल २०७४ साउन २५ गते ६:३६ मा प्रकाशित

विजय थापा ,
धर्म र संस्कृतिको रक्षा गर्ने मूल नाराको साथ स्थापना भएको डिसी नेपाली समाजले विगतका वर्षहरूमा झैँ २०७४ सालको जनैपूर्णिमा भव्यताको साथ सम्पन्न गरेको छ l

आयोजक डिसी नेपाली समाज भएता पनि डिसी महानगर क्षेत्रका अन्य सङ्घ तथा संस्थाको विशेष सक्रियता तथा सहयोगमा सम्पन्न जनैपूर्णिमा अन्य सङ्घ तथा संस्थाका स्वयमसेवकहरू खटेका थिए l

डिसी महानगर क्षेत्र सेरोफेरोका श्रद्धालु भक्तजनहरुका लागि गत अगष्ट ७ तारिखमा जनैपूर्णिमा वैदिक विधिअनुसार जनै तथा रक्षाबन्धन पूजन एवम् धारणको कार्यक्रम बिहान देखि साँझ सम्म चलेको थियो l बिहान ७ बजे देखि साँझ ७ बजे भएता पनि भक्तजनहरु ८:३० बजे सम्म आउने क्रम रहेकोले चलेको थियो l

सोमबार काममा जानु पर्ने भएता पनि बिहान देखि नै मुसलधारे पानी परेता पनि झन्डै १ हजार ५ सय को हाराहारीमा श्रद्धालु भक्तजनहरु आएका थिए । उपस्थित भक्तजनलार्इ क्वाँटी, पुलाउ,अचार, हलुवा, खर्बुजा खुवाइएको थियो l

स्थापना काल समेत यस वर्ष २०७४ समेत लगाएर जनै तथा रक्षाबन्धन संस्थाले ८ औ पटक मनाएको हो l डिसी महानगर क्षेत्रका प्रसिद्ध पण्डित राजेन्द्र खनाल तथा अन्य पण्डितहरु द्वारा आउने सबैलाई जनै लगाई दिनुको साथै रक्षाबन्धन पूजन, शान्ति यज्ञ तथा अन्य पूजा अर्चना गरेका थिए l

सोमबार को साथै नेपालमा चन्द्र ग्रहण परेको अवस्था भएता पनि अमेरिकामा चन्द्र ग्रहण नपर्ने भएकोले समुदायलाई भ्रम सृजना भएको थियो l

प्रतिक्रिया