अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३३ | Colorodo: 14:48

नर्सिङ, गायन र मोडलिङमा सँगसँगै रेणुका – ‘तिम्रो मायामा’को भिडियो सार्वजनिक

बिआरटीनेपाल २०७४ साउन १ गते ११:१८ मा प्रकाशित

सङ्गीत सुन्नु, गुनगुनाउनु र कविता लेख्नु, रेणुका बाल्यकालीन दैनिकी हुन् । बाल्यकाल देखिनै प्यासले नर्सिङ जस्तो ब्यस्त पेशामा रहँदा रहँदै पनि रेणुले सङ्गीतको सङ्गत छाड्न सकिनन् । अन्तत, नर्सिङ पेशालाई थाँती राखेरै रेणुका यतिखेर सङ्गीत अध्ययन, गीत रेकर्डिङ र प्रवद्र्धनमा जुटेकी छन् । 

पेशाले नर्स तर बाल्यकालीन रुचिले गायिका बन्न पुगेकी रेणुका थापाले डान्सिङ प्याटनको क्लव सङ तिम्रो मायामा… को भिडियो युट्युव मार्फत् सार्वजनिक गर्नुभएको छ । सो गीतलाई डिजेहरुले समेत रुचाएका छन् । प्रस्तुत गीत\भिडियोमा शब्द-सङ्गीत-स्वर-मोडलिङ समेत रेणुका थापाको छ । रेणुकालाई गौरव जङ्ग राणाले अभिनयमा साथ दिएका छन् । भिडियोमा गम्भीर विष्टको निर्देशन, पवन गौतमको छायाङ्कन र नविन निरौलाको सम्पादन रहेको छ ।

विद्यालय र कलेजका स्मारिकाहरुमा फुटकर रचना प्रकाशन समेत गरेकी गायिका थापाले कक्षा ६ मा अध्ययन गर्दैदेखि गीत लेख्न थालेकी हुन् । तीन वर्षदेखि सङ्गीत सिक्दै आएकी  कोटेश्वरकी थापाका तीन वटा गीत\भिडियो सार्वजनिक छन् । गायिका थापा भन्छिन् –“जानीनजानी नै कविता लेख्थेँ । गीत कसरी बनाउने हो भन्ने सोच आउँथ्यो । सेवातिर पनि सानैदेखि रुचि थियो, त्यसैले नर्सिङ अध्ययनतिर लागेँ ।”

नर्सिङ पेशा र सङ्गीतलाई सँगसँगै लैजाने सोचमा रहेकी थापा नेपाली गीत धेरै सुन्ने गरेको बताउँछिन्  । नारायणगोपाल र अरुणा लामाका गीत विशेष रुचाउने थापालाई पछिल्लो समयका गायिका मेलिना राई र गायक धर्मेन्द्र सेवान मन पर्छ ।

 

प्रतिक्रिया