अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०४ | Colorodo: 22:19

लोकेन्द्र शाहीको तीज गीत ‘साईको पर्यो यार’ बजारमा (भिडियो सहित)

बिआरटीनेपाल २०७४ असार १० गते १०:५३ मा प्रकाशित

तीज आउन दुई महिना बाँकी छ तर, तीज सम्बन्धि गीत भने बजारमा एक पछि अर्को आइरहेका छन् । तीज महिलाहरुको पर्व हो तर पुरुषहरु पनि पछिल्लो समय सहभागी हुन थालेका छन् । यस्तैमा गायक लोकेन्द्र शाहीले ‘साइको पर्यो यार…’ दर्शक–दर्शकमाझ ल्याएका छन् ।

कर्ण सन्ज्यालको लय, शब्द र सङ्कलन रहेको यो गीतमा लोकेन्द्रलाई रिता केसीले स्वरमा साथ दिएकी छन् । ‘लोकेन्द्र र रिताको स्वरमा गीत उत्कृष्ट बनेको छ’, स्टुडियो तरङ्ग डिजिटलका साउण्ड इिन्जनियर सन्तोष पौडेले भने । तीजनको गीतहरु धेरै नै गरिएको मध्ये ‘साइको प¥यो यार……’ धेरै राम्रो बनेको पौडेलले दाबी गरे ।

युट्युबबाट सार्वजनिक गरिएको गीतको भिडियोमा यादव देवकोटा ‘सरापे’, काजिश श्रेष्ठ र रिना थापाले कम्मर मर्काएका छन् । काजिशकै निर्देशनमा रहेको भिडियोलाई सागर गौतमले छाँयाकन गरेका हुन भने सुजन शाहीले सम्पादन गरेका छन् ।

‘हामी सबैले निक्कै मिहिनेत गरेर यो तीज गीत बजारमा ल्याएका छौ दर्शक–स्रोताले औधी मन पराउनुहुने मा म ढुक्क छु’, शाहीले भने । लोकेन्द्र लोक दोहोरी गीतसँगै विभिन्न म्युजिक भिडियोमा पनि पछिल्लो समय व्यस्त छन् । ‘साइको प¥यो यार…’लाई भैरव कालिका म्युजिकले बजारमा ल्याएको हो ।

https://www.youtube.com/watch?v=nn0tKzw4ZHE

प्रतिक्रिया