अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५८ | Colorodo: 03:13

सकरात्मक सन्देश बोकेको चलचित्र ‘सिक्नेचर’

बिआरटीनेपाल २०७४ असार १० गते ५:०७ मा प्रकाशित

सकरात्मक सन्देश दिने सोचका साथ सभ्य श्रृजना प्रा.लि.को व्यानरमा बनेको चलचित्र “सिक्नेचर मुभि – थिन्क पोजिटीभ ग्लोबल क्याम्पिन” मा एक जना यूवाको जीवन भोगाईलाई बिषय बस्तु बनाई चलचित्र तयार भएको छ । समाजमा विभिन्न तत्वहरुका कारण ब्यक्तिमा पैदा हुने नकरात्मक सोच र सोच अनुरुपको क्रियाकलापले उसको ब्यक्तिगत जीवन र सिंगो समाजमा पर्न जाने असरलाई चलचित्रमा अत्यन्तै कलात्मक र जिवन्त तरिकाले प्रस्तुत गरिएको छ ।

हाल उक्त चलचित्र च्यारीटी शो को रुपमा चलचित्र ब्यानरहरुको सोचसँग मिल्न सक्ने संघसंस्थाहरुको सहकार्यमा विभिन्न जिल्लाहरुमा प्रर्दशन गरिरहेका छन् । कञ्चनपुर, नवलपरासी, काठमाँण्डौ, बिराटनगर, पोखरामा उक्त चलचित्र च्यारीटी शो को रुपमा प्रर्दशन गरिसकेका छन् ।

ओस्कार इन्टरनेश्नल कलेज अफ फिल्म स्टडिज्का अध्यक्ष समेत रहेका सागर उद्रमको अनुसन्धान, लेखन र निर्देशन रहेको सो चलचित्रमा गीतकार तथा सकरात्मक सोचका अभियन्ता प्रकाश सुवेदी र सागर उद्रम निर्माता रहेका छन् । यहि असार २४ गते काठमाँण्डौ प्रज्ञा प्रतिष्ठानमा उक्त चलचित्रलाई दर्शकहरुको ब्यापक उपस्थितिमा चलचित्र प्रर्दशन गर्ने कुरा निर्माता प्रकाश सुवेदीले जानकारी दिए ।

चलचित्रलाई नेपाल सरकारका सात ओटा मन्त्रालय लगायत युएओडिस, रेडक्रस लायन्स क्लब इन्टरनेश्नल, एनएपिएन ले प्रशंशा पत्र प्रदान गरेका छन् । स्कुल फाउन्डेशन संस्था मार्फत सञ्चालित सिक्नेचर मुभि – थिन्क पोजिटीभ ग्लोबल क्याम्पिनलाई पोखराका स्थानीय आयोजकको रुपमा लायन्स क्लब अफ बेगनाश ताल नगरले सहयोग गरेको छ र कार्यक्रमबाट उठेको केहि प्रतिशत रकम असहाय तथा अपांग बालबालिकालाई प्रदान गरिनेछ ।

चलचित्रमा निम्न ब्यक्तिहरुको संलग्नता रहेको छ । कलाकारहरु बिनोद पौडेल, सन्दिप क्षेत्री, जिवनसाथी बस्नेत, निर्णय श्रेष्ठ, सरिता गिरी, नम्रता सापकोटाको अभिनय रहेको छ । पुरुषोतम प्रधान, धिरज जंग शाह, शिवराम श्रेष्ठ र नवराज सुवेदी छायांकन रहेको छ भने निशान घिमिरेको सम्पादन तथा ग्राफिक्स रहेको छ । ग्राफिक्समा जिबन थापाको पनि संलग्नता रहेको छ । यो चलचित्रमा विवश पौडेलेको संगीत र अचुत सिटौलाको गीत, संगीत र गायन रहेको छ ।

प्रतिक्रिया