अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३६ | Colorodo: 18:51

निर्विरोध बिजयी नेमकिपाकी रीजु कपालीलाई ‘राजिनामा नदिए जे सुकै हुन सक्ने’ भन्दै धम्की

बिआरटीनेपाल २०७४ जेठ १ गते १९:४८ मा प्रकाशित

स्थानीय तह निर्वाचनअन्तर्गत भक्तपुर नगरपालिकामा निर्विरोध विजयी भएकी एक दलित महिला उम्मेदवारलाई राजीनामा गर्न धम्की आएको  छ । भक्तपुर नगरपालिका-७ मा नेपाल मजदुर किसान पार्टीका तर्फबाट दलित महिला वडा सदस्यमा निर्विरोध निर्वाचित रिजु कपालीलाई मोबाइलमार्फत राजीनामा दिन धम्की आएको हो ।

एनसेलको नम्बरबाट फोन गरी सोमबार नै राजीनामा दिन र नदिए राम्रो नहुने धम्की दिइएको नेमकिपा भक्तपुर नगरसमितिको भनाइ छ ।

रीजुलाई तत्काल राजीनामा दिएर नेमकिपाको विजय र्‍यालीमा समेत सहभागी नहुन चेतावनी दिइएको नेमकिपाले बताएको छ। नेमकिपाका अनुसार रीजुलाई उम्मेदवारी दर्ता गरेर निर्विरोध भएदेखि विभिन्न ठाउँबाट उम्मेदवारी त्याग्न धम्की दिइँदै आएको अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू