‘मेरो डान्स कप युएसए २०१७’ इपिसोड (कथाभाग) ३ को भिडियो सार्वजनिक  

मेरो डान्स कप युएसए २०१७’ सिजन-२ को ईपिसोड़ (कथाभाग) ३ को भिडियो सार्बजनिक भएको छ l  एमडिसी नामबाट चर्चित रहेको कार्यक्रम गत अप्रिल २८ देखि सुरु  भएको हो l
 
कार्यक्रम को खाका अनुसार शृंखला ६ देखि मतदान र प्रत्यक्ष चयन जुलाई ८ तारिख देखि हुनेछ । अन्तिम समापन (ग्रान्ड फिनाले) अगस्त १२ तारिख शनिबार अमेरिकाको ओहायोमा हुने छ l
 
जुलाई २८ तारिखमा उत्कृष्ट ५ जना मतदानद्वारा छनोट हुने छन् भने अगस्त १२ तारिखमा प्रथम देखि पाँचौ स्थानसम्म विजेताको घोषणा गरिने छ । एमडिसी युएसए २०१७ नृत्य प्रतियोगिताको लागि निर्णायकहरूमा नेपाली चलचित्रका नायक दिलीप रायमाझी, डीबी गुरुङ तथा मञ्जु भुजेल रहने छन् l
 
अमेरिका राष्ट्रभर विभिन्न राज्यमा छरिएर रहेका किशोरकिशोरी, युवायुवती, नव प्रतिभा तथा कलाकारका आफूभित्र लुकेको प्रतिभालाई प्रस्फुटन गर्ने अवसर प्रदान गर्दै मञ्च उपलब्ध गराउनु समेत संस्थाको मुख्य उद्देश्य रहेको छ l

Published on May 13, 2017 at 3:49 am

Loading...

यसमा तपाइको मत