अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०४ | Colorodo: 19:19

आँफुले रोजेको पुरुषसँग विवाह गर्न असमर्थ केकीले चालिन् यस्तो कदम

बिआरटीनेपाल २०७३ चैत १४ गते ९:०६ मा प्रकाशित

काठमाडौँ । नायिका केकी अधिकारीले अभिनय गरेको ‘खेलौना हैन म​’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । जसमा केकीले अहिलेसम्मकै दमदार भूमिकामा अभिनय गरेकी छिन् । जीवनमा आँफुले राजेको पुरुषसँग विवाह गर्न असमर्थ केकीले भोग्नु परेको अप्ठ्यारो र पाएको धोकालाई जीवन्त शैलीमा निर्देशक युबराज वाईबाले सामान्य कथा तर गम्भीर विषय सहित उठान गरेका छन् । 

जसमा केकीलाई मोडल अनिल थापाले अभिनयमा साथ दिएका छन् । गायक सञ्जय तुम्रोकले आफ्नो जीवनमा नै सर्वाधिक अपेक्षा गरेको भनिएको गीतका शब्द गीतकार डिपी खनालका हुन् । चोक गुरुगंले सङ्गीत भरेको गीतको छायांकन उत्सब दाहालले गरेका छन् भने निशान घिमिरेले सम्पादन गरेका छन् । भिडियोलाई भाईब्स क्रियशनले बजार व्यवस्थापन गरेको छ ।

प्रतिक्रिया