अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०५ | Colorodo: 22:20

नेपाली चलचित्र ‘सारङ्क’को आधिकारिक ट्रेलर सार्वजनिक

बिआरटीनेपाल २०७३ फागुन १० गते २०:४२ मा प्रकाशित

चलचित्र सारङ्कमा चर्चित नायिका / मोडेल भनेर चिनिने सपना सिंह ठकुरी काम गरेकी छिन् l शुभम सिने क्रिएसन र एम आर्ट थिएटरको ब्यानरमा बाट निर्माण भएको यस फिल्मलाई विरेन्द्र हमालले निर्देशन गरेका हुन् । जो यो फिल्मका निर्माता समेत हुन् । अभिनय प्रशिक्षक समेत रहेका छन् l

 चलचित्रमा नायिका सपना सिंह ठकुरी र सुवर्ण खड्का, आकाश श्रेष्ठ, नवराज कार्की लगायतका कलाकारले अभिनय गरेका छन् । काठमाडौं, नेपालगञ्ज, मुस्ताङ लगायतका रमणीय स्थानमा छायांकन गरिएको यस फिल्ममा सागर सिंह ठकुरीको पटकथा तथा संवाद रहेको छ । गौतम राज खड्काले सम्पादन गरेको फिल्मलाई चाडै रिलिज गरिने निर्माण पक्षले जनाएको छ l

प्रतिक्रिया