अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३८ | Colorodo: 14:53

संविधान संशोधनबारे एमालेको के निर्णय होला आज ?

बिआरटीनेपाल २०७३ फागुन १० गते १९:१४ मा प्रकाशित

सरकारले संसदमा पेस गरेको संविधान संशोधन विधेयक अगाडि बढाउन दिने–नदिनेबारे प्रमुख प्रतिपक्षी एमालेले बुधबार निर्णय गर्दै छ । त्यसबारे छलफल गर्न उसले बिहान ११ बजे संसदीय दलको बैठक र दिउँसो विपक्षी नौ दलको बैठक बोलाएको छ ।

संशोधनप्रति असहमति जनाउँदै एमालेले संसद् अवरुद्ध गर्दै आएको छ । तर, स्थानीय तह निर्वाचनको मिति घोषणा भएपछि एमाले संशोधन प्रक्रिया अगाडि बढाउन लचिलो हुने विश्वास सरकारको छ ।

‘हामी ठ्याक्कै प्रक्रियामै गइहाल्ने स्थितिमा पुगिसकेका छैनौँ, नौ दलको आधिकारिक अडानमा अडिग छौँ,’ एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले नया“ पत्रिकास“ग भने, ‘चुनावको मिति घोषणापछि वातावरणमा परिवर्तन आएको छ, यस विषयमा दलको बैठक र नौ दलबीच पनि साझा धारणा बनाएपछि मात्र हामी निर्णयमा पुग्छौँ ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बोलाएको संसद्मा प्रतिनिधित्व गर्ने दलहरूको बैठकमा पनि अन्य दलहरुले एमालेलाई लचिलो बन्न आग्रह गरेका थिए । तर, एमालेले संसोधनमा सघाउन नसकिने बताएको थियो ।

सरकारले सोमबार निर्वाचनको मिति घोषणा गरेपछि असन्तुष्ट बनेको मधेसी मोर्चाका नेताहरूले भने सर्वदलीय बैठक बहिष्कार गरे । उनीहरूले बुधबार मधेस बन्दको घोषणा गरेका छन् । मोर्चालाई पनि सहमतिमै लिएर निर्वाचनमा जाने, संविधान संशोधनको विषय टुंगो लगाउने र स्थानीय तहको संख्या हेरफेर गर्ने विषयमा सर्वदलिय बैठकमा छलफल भएको छ ।आजको नयाँ पत्रिकामा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू