अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०७ | Colorodo: 19:22

बेल्जियममा संरक्षण कविता आन्दोलन यूरोपको तेस्रो कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७३ फागुन १ गते १८:०६ मा प्रकाशित

आन्त्रोपेन, बेल्जियम । “सरक्षण कविता आन्दोलन, यूरोप” को तेस्रो कार्यक्रम बेल्जियमको एन्तोर्पेनमा काव्य गोष्ठी र काव्य बहस सहित १२ फेब्रुअरी आइतबारका दिन सम्पन्न भयो ।  सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि एनआरएनका केन्द्रीय सचिव अर्जुन श्रेष्ठले बेल्जियममा आन्दोलनको प्रभाववारे प्रकाश पारेका थिए भने आन्दोलनका संयोजक दीपेन्द्र के.सीले आन्दोलनबारे चर्चा गरेका थिए ।

कार्यक्रमको पहिलो सत्रमा स्रष्टाहरु शङ्कर बजगाई, जगदीश सापकोटा, युवराज गुरुङ, जमुना गेरै बास्तोला, मोहन खत्री, परमानन्द सापकोटा, बिमल गिरी, खडक के.सी, सौरव कारञ्जित, विष्णु सापकोटा, अर्जुन श्रेष्ठ, दीपेन्द्र के.सी र तीर्थ धमला (अनुपस्थित तर रचना प्राप्त)ले आफना कविता, गजल तथा मुक्तकहरु प्रस्तुत गरेका थिए ।

दोस्रो सत्रमा आन्दोलनको समीक्षा सहित काव्य बहस चलाइएको थियो । वाचित रचनाहरुबारे बिमल गिरीले टिप्पणी गरेका थिए । दोस्रो सत्रमा उल्लिखित स्रष्टा सहित जन सम्पर्क समिति बेल्जियमका अध्यक्ष सुवास जोशी, व्यवसायी सङ्घका अध्यक्ष सी.पी भट्ट, बागलुङ समाज बेल्जियमका अध्यक्ष गङ्गा शर्मा, अनेसास बेल्जियमका महासचिव परमानन्द सापकोटाले भाग लिनु भएको थियो ।  कार्यक्रमको सञ्चालन तथा सहजीकरण आन्दोलनका सदस्य सचिव विष्णु सापकोटाले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू