परराष्ट्रमन्त्री डा. महत स्वागत एवं अन्तरक्रिया कार्यक्रम – NY

विआरटि नेपाल सम्बाददाता

आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु,
जय नेपाल |

हाम्रो मातृपार्टी नेपाली काँग्रेसका प्रभावशाली केन्द्रीय सदस्य एवं नेपाल सरकारका परराष्ट्रमन्त्री डाक्टर प्रकाशशरण महत संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन न्यु योर्क आउन लाग्नु भएको बारे जानकारी गराउन चाहन्छौँ | अमेरिका आगमनको अवसर पारेर नेपाली जन सम्पर्क समिति,अमेरिका केन्द्रीय समितिले पार्टीका नेता एवं मन्त्री महतको सम्मानमा निम्न मिति,समय र स्थानमा स्वागत एवं अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागेको छ |
तसर्थ न्यु योर्क क्षेत्रमा क्रियाशील समुदायका सबै सङ्घ,संस्थाका प्रमुख एवं प्रतिनिधिहरू,संचारकर्मी मित्रहरू,विभिन्न पेसा र व्यवसायमा आवद्ध समुदायका अग्रज व्यक्तित्वगण, नेपाली जन सम्पर्क समितिका न्यु योर्क आसपास रहनु भएका सबै केन्द्रीय पदाधिकारी,सदस्य,च्याप्टर पदाधिकारी र सदस्य एवं शुभेच्छुकहरु सबैलाई यसै सूचनामार्फत कार्यक्रममा उपस्थित भई दिनु हुन नेपाली जन सम्पर्क समिति,अमेरिका परिवारका तर्फबाट हार्दिक अनुरोध गर्दछु |

कार्यक्रम:
मिति: सेप्टेम्बर १८ , २०१६ आइतबार
समय: साँझको ठिक ६:३० बजे
स्थान: शेर्पा किदुंगको हल, ज्याक्सन हाइट्स, न्यु योर्क
41-01 75th St, Queens, NY 11373

भवदीय
आनन्द विष्ट
सभापति एवं नेपाली जन सम्पर्क समिति,अमेरिका परिवार

Published on September 15, 2016 at 12:40 pm

Loading...

यसमा तपाइको मत