हुस्टनमा नेपाली फुटबल प्रतियोगिता जारी: डेढ रनर र थ्री स्टार सेमीफाइनलमा

विआरटि नेपाल सम्बाददाता

Published on August 14, 2016 at 11:13 am

Houston Soccer PhotoPhoto

दिनेश थापा, हुस्टन I

थ्री स्टार हुस्टन र डेढ रनर क्लब नेपाली सङ्घ हुस्टनको आयोजनामा नेपाली समुदायका टिमहरु बिच हुस्टनमा सञ्चालन भइरहेको फुटबल प्रतियोगिताको समूह ए बाट सेमीफाइनलमा प्रवेश गरेका छन् I समूह चरणको आफ्नो अन्तिम खेलमा डेढ रनर क्लबले चन्द्र सूर्य क्लबलाइ ८ – १ ले पराजित गर्‍यो र ७ अंक बटुल्दै सेमीफाइनलमा आफ्नो स्थान पक्का गरेको हो साथै १ खेल खेल्न बाकी रहदै थ्री स्टार हुस्टन पनि ४ अंक बटुल्दै सेमीफाइनलमा प्रवेश गर्‍यो I समूह एबाट चन्द्र सूर्य क्लब (3 अंक) र पिएरल्याण्ड क्लब (० अंक) प्रतियोगिता बाट बाहिरिएको छ I

यसैगरी समूह बिको समूह चरणको खेलमा ड्रुक हुस्टन क्लबले एभरेस्ट वरिअर्सलाइ ५ – ० र साउथ इगल क्लबले सिर्जनशील नेपाली समाजलाई ३ – १ ले पराजित गर्‍यो I समूह बि को दोस्रो चरणको खेल समाप्त हुदासम्म ड्रुक हुस्टन क्लबको ४ अंक, एभरेस्ट वरिअर्सको ३ अंक, साउथ इगल क्लबको ३ अंक र सिर्जनशील नेपाली समाजको १ अंक रहेको छ I अगस्त २० मा हुने समूह बि को समूह चरणको खेलहरुबाट सो समूहबाट सेमीफाइनलमा प्रवेश गर्ने टिम तय हुनेछ I

नेपाली सङ्घ हुस्टनको आयोजनामा नेपाली समुदायका टिमहरु बिचमा आयोजना गरिएको प्रतियोगितामा नेपाली समुदायका ८ टिमहरुको सहभागिता रहेको छ I सहभागी टिमहरुलाई २ समूहमा बिभाजन गरिएको छ I जसमा समूह ए मा चन्द्र सूर्य क्लब, थ्री स्टार हुस्टन, डेढ रनर क्लब र पिएरल्याण्ड क्लब रहेका छन् भने समूह बि मा एभरेस्ट वरिअर्स, साउथ इगल क्लब, सिर्जनशील नेपाली समाज र ड्रुक हुस्टन क्लब रहेका छन् I लिग कम नक्आउटको आधारमा सञ्चालन हुने प्रतियोगतामा दुवै समूहका विजेता र उपविजेता सेमीफाइनलमा प्रवेश गर्ने छन् I
प्रतियोगिताको फाइनल सेप्टेम्बर १० मा हुनेछ I

Loading...

यसमा तपाइको मत