अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२८ | Colorodo: 18:43

अराजक र हिंसात्मक प्रदर्शन नियन्त्रण गरिन्छ– इरानी राष्ट्रपति हसन रुहानी

बिआरटीनेपाल २०७६ मंसिर २ गते ८:११ मा प्रकाशित

इरानका राष्ट्रपति हसन रुहानीले सरकारविरुद्ध भइरहेका अराजक र हिंसात्मक प्रदर्शन नियन्त्रण गरिने चेतावनी दिनुभएको छ । राष्ट्रपति रुहानीले फरक मत राख्ने र सरकार गतिविधिप्रति असहमति राख्ने अधिकार भएपनि सार्वजनिक सम्पति तोडफोड गर्ने र हिंसात्मक गतिविधि गर्नेमाथि कारवाही गर्न सरकारले जुनसुकै कदम चाल्नसक्ने चेतावनी दिनुभयो ।

इन्धनको मूल्य वृद्धि भएसँगै सुरु भएको आन्दोलका कारण सुरक्षाकर्मीसँगको झडपमा कम्तिमा दुई जनाको मृत्यु भएको छ । प्रदर्शनकारीहरुले सार्वजनिक स्थलमा तोडफोड गर्नुका साथै व्यापारीक भवन तथा बैंकहरुमा आगजनी गरेको समाचारमा जनाइएको छ । करिव एक लाख सर्वसाधारणले गरेको विरोध प्रदर्शन हिंसात्मक भएपछि सुरक्षा अधिकारीहरुले एक हजार भन्दा बढीलाई नियन्त्रणमा लिएका छन् । हिंसा अझै भड्किन सक्ने भन्दै इन्टरनेटको पँहुचलाई घटाइएको बताइएको छ ।

यसैबीच, इरानको कदमको अमेरिकाले निन्दा गरेको छ । उसले आम नागरिकले सरकारका काम कारवाहीको विरोध गर्न पाउने अधिकारलाई इरानले कुण्ठित गरेको भन्दै निन्दा गरेको हो । ‘संयुक्त राज्य अमेरिकाले इरानी नागरिकलाई उनीहरुको नेतृत्वविरुद्ध भएको शान्तिपूर्ण प्रदर्शनको समर्थन गर्छ’ ह्वाइट हाउसले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू