अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३९ | Colorodo: 21:54

हङ्कङमा विरोध प्रदर्शन – एक जनाको मृत्यु

बिआरटीनेपाल २०७६ कार्तिक २९ गते ८:४४ मा प्रकाशित

हङ्कङमा सरकार विरोधी प्रदर्शनका क्रममा एक जना व्यक्तिको मृत्यु भएको छ । खाजा खाने समयमा बाहिर निस्केका बेला मास्क लगाएका प्रदर्शनकारीहरुले प्रहार गरेको सामग्रीले लाग्दा बृद्धको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

मास्क लगाएका प्रदर्शनकर्ताहरूले विभिन्न स्थानमा लगातार हिंसात्मक कार्यहरू गरेको र उनीहरूले सर्वासाधारणहरूलाई समेत आक्रमण गरेको हङ्कङ सरकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सुपुदर्गी विधेयकको विरोधमा हङ्कङमा केहि समयदेखि प्रर्दशन भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू