अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२८
| Colorodo: 08:43
सल्यानको त्रिवेणी गाउँपालिका ४ फलाबाङबाट तुलसीपुर जाँदै गरेको रा १ ज ४३२ नम्बरको जिप बुधबार बिहान फलाबाङमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य सात जना घाइते भएका छन् ।
मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–४ फलाबाङकी ६० वर्षीया कृष्णादेवी परियार र ५९ वर्षीया यज्ञी थापा छन् । उनीहरुको तुलसीपुर प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
जिप अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । जिप सडक देखि १० मिटर तल खसेको थियो ।