अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४८ | Colorodo: 07:03

सुदूरपश्चिम प्रदेशसभाको आजको बैठक स्थगित

बिआरटीनेपाल २०८१ वैशाख २२ गते ६:५४ मा प्रकाशित

सुदूरपश्चिम प्रदेशसभाको आजको बैठक बस्दै नबसी स्थगित भएको छ । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान भएको बैठक स्थगित भएको हो ।एमालेले विश्वासको मत नदिने भनेपछि हिजो लागि आह्वान भएको बैठक स्थगित गरी आजका लागि सारिएको थियो । तर आज पनि एमालेले कुनै टुङ्गो नदिएपछि बैठक स्थगित भएको हो ।

आफूहरुसँग सल्लाह नै नगरी बैठक आह्वान गरिएकोले विश्वासको मत दिने अवस्था नभएको एमालेले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले बताउनुभयो । ५३ जना प्रदेशसभा रहेको सुदूरपश्चिममा चार सिट भएको एकीकृत समाजवादी पार्टीले मुख्यमन्त्री पाएको छ । यसमा असहमति जनाउँदै एमालेले विश्वासको मत दिन आनाकानी गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू