अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४८ | Colorodo: 07:03

प्रतिपक्ष दलहरुसँग छलफल गरेर संसद अवरुद्ध नहुने गरी अघि बढ्छौं – प्रधानमन्त्री प्रचण्ड

बिआरटीनेपाल २०८१ वैशाख २२ गते ६:५७ मा प्रकाशित

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदलाई सुचारु गराउने विषयमा कांग्रेससहितका प्रतिपक्ष दलहरुसँग छलफल गरेर अघि बढ्ने बताउनुभएको छ । सहकारीको रकम अपचलन गरेको भन्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविन समिति बनाउनुपर्ने अडानसहित कांग्रेसले संसदको हिउँदे अधिवेशन अवरुद्ध पार्दै आएको थियो । आगामी वैशाख २८ गतेबाट वर्षे शुरु हुने वर्षे अधिवेशन अघि नै कांग्रेस लगायतका प्रतिपक्ष दलहरुसँग छलफल गरेर त्यो समस्याको समाधान गरेर संसदलाई सुचारु गराउने प्रधानमन्त्री प्रचण्डको भनाई थियो ।

शनिबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै उहाँले सो सम्बन्धि समस्या समाधानका लागि सत्तारुढ दलहरुबीच भईरहेको पनि बताउनुभयो । प्रधानमन्त्रीले उत्पादन वृद्धि र रोजगारीको अवसर सृजना हुनेगरी आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा सुझाव दिनुपनि पार्टीका सांसदलाई निर्देशन दिनुभएको पार्टीको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो ।

समाजमा पछि परेको दलित उत्पीडितहरुलाई माथि उकास्ने गरी बजेट ल्याउनुपर्ने भएकाले त्यसैमा केन्द्रित भएर पार्टीका सांसदहरुलाई सुझाव दिनुपर्ने प्रधानमन्त्री प्रचण्डले बैठकमा बताउनु भएको थियो । उहाँले विकास बजेटका लागि अत्याधिक माग भएको उल्लेख गर्दै भएका बजेटलाई समुचित ढंगले वितरण गर्नेगरी सुझाव दिन पनि पार्टीका सांसदहरुलाईसचेत गराउनुभएको पनि प्रमुख सचेतक पाण्डले बताउनुभयो । बैठकमा सांसदहरुले राजस्व चुहावट हुन नदिन र प्राकृतिक स्रोत, साधनको उचित परिचालन गरी राष्ट्रिय आय वृद्धि हुनेगरी नीति, कार्यक्रम र बजेट ल्याउन सरकारलाई सुझाव दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू