अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५९ | Colorodo: 05:14

माधव नेपालप्रति ओलीको कटाक्ष: प्रधानमन्त्री खान नपाएर दमको बिरामीजस्तो गर्दैछन्

बिआरटीनेपाल २०८१ वैशाख २२ गते ६:५४ मा प्रकाशित

नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई लक्षित गर्दै कडा टिप्पणी गर्नुभएको छ । एमाले रसुवाको जिल्ला अधिवेशनलाई शनिबार सम्बोधन गर्दै ओलीले प्रधानमन्त्री खान नपाएर नेपालले हर्‍याक–हर्‍याक गरिरहेको टिप्पणी गर्नुभएको हो । ‘हामी अहिले एउटा अभियानमा छौं, एकजना मान्छे प्रधानमन्त्री हुन दमको बिरामीले जस्तो हर्‍याक–हर्‍याक गर्दैछन् । प्रधानमन्त्री, प्रधानमन्त्री भन्छन्,’ नेता नेपालप्रति लक्षित गर्दैओलीले भन्नुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आफू प्रधानमन्त्री हुन्छु कि भनेर नेता नेपाल छ्ट्पटाएको आरोप लगाउनुभयो । तर आफू अहिले प्रधानमन्त्री दौडमा नरहेको उहाँले स्पष्ट समेत पानुृभयो ।

‘मलाई पनि भनिएको थियो, प्रधानमन्त्रीको समय बाँडिचुँडी खाऔं भनेर । मैले भनें– म प्रधानमन्त्रीको लागि होइन, गठबन्धन ढल्यो, खरानीको डल्लो थियो, फुट्यो । अब सरकार चलाएर देश बनाएर जनताको समस्या समाधान गर्नतिर लाग्नुपर्‍यो,’ ओलीले थप्नुभयो । पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले एमाले–माओवादी गठबन्धनलाई समर्थन गर्दा आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने शर्त राख्नुभएको थियो । अहिले समीकरण फेरबदल हुने आशंकाबीच आफू प्रधानमन्त्री नबन्ने संकेत पाएपछि उहाँले गुनासो गर्दै आइरहनुभएको छ । यसैप्रति ओलीले टिप्पणी गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू