अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२९ | Colorodo: 01:44

गर्मी बढेपछि चितवनका अस्पतालमा बिरामीको चाप

बिआरटीनेपाल २०८१ वैशाख २२ गते ५:४३ मा प्रकाशित

अत्यधिक गर्मी बढेपछि चितवनका अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । गर्मीका कारण ज्वरो, टाइफाइड, डेङ्गु, मलेरिया, भाइरल ज्वरोका बिरामी बढ्न थालेका हुन् । भरतपुर अस्पतालमा विगतमा तीन दिनमा दुई हजार जना विरामी पुग्ने गरेकोमा अहिले दैनिक दुई हजारदेखि दुई हजार दुई सयसम्म विरामी पुग्ने गरेका छन् ।

अस्पतालका प्रवक्ता डाक्टर रामप्रसाद सापकोटाकाअनुसार एक हप्तादेखि बिरामीको चाप बढ्न थालेको हो । मौसममा आएको परिवर्तनसँगै बिरामीको चाप बढ्दै गएको उहाँले बताउनुभयो । अस्पतालमा आउने बिरामीको चाप व्यवस्थापन गर्न कठिन हुने स्थिति आउन थालेको उहाँको भनाई छ । अस्पताल आउने बिरामीको चापलाई मध्यनजर गर्दै अस्पतालले भोलि आइतवारदेखि टिकट काउन्टर थप गर्न लागेको उहाँले बताउनुभयो ।

नियमित अस्पताल आउनेबाहेक अहिले भाइरल ज्वरो, टाइफाइड, डेङ्गु, मलेरिया, झाडापखाला लगायतका बढी मात्रामा छन् । उनीहरुलाई लक्षित गर्दै अस्पतालले नियमित जाँचका लागि आउने बिरामीको टिकट काउन्टर थप गर्न लागेको हो । उहाँले आमसर्वसाधारणलाई नियमित झोलिलो पदार्थ सेवन गर्नसमेत आग्रह गर्नुभयो । अहिले भरतपुर अस्पतालले तीन वर्ष मुनिका र ज्येष्ठ नागरिकका लागि छुट्टै काउन्टर स्थापना गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू