अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१७ | Colorodo: 22:32

कतारले कामदारको न्यूनतम तलब तोक्यो, जनवरीदेखि लागु हुने

बिआरटीनेपाल २०७६ असोज ३० गते ९:३१ मा प्रकाशित

खाडी मुलुक कतारले आफ्नो देशमा काम गर्न आउने कामदारको न्यूनतम पारिश्रमिकको दर तोकेको छ । साथै काफला पद्धती हटाइएको निर्णय पनि गरेको छ । सबै देशका कामदारलाई समानरुपमा लागू हुने गरी न्यूनतम तलब तोक्ने कानुन बुधबार पारित गरिएको हो । यो कानुन आउँदो जनवरीदेखि कार्यान्वयन गरिने जनाइएको छ ।

कतारको मन्त्रिपरिषद बैठकले विदेशी कामदारको न्यूनतम तलब निर्धारण गर्न बनेको मस्यौदालाई पारित गरेको हो । पारित मस्यौदालाई सुरा काउन्सिलमा पेश गरेको छ । कानुन बनाउने प्रक्रियामा सुरा काउन्सिलले सल्लाह मात्रै दिने भएकाले यो कार्यान्वयनमा आउने छ । मन्त्रिपरिषदको निर्णयलाई तुरुन्तै कार्यान्वयनमा ल्याइने कतारका प्रशासनिक विकास, श्रम र सामाजिक मामिलामन्त्री युसुफ मोहम्मद अल ओथमान फक्ह्रोले जानकारी दिनुभएको छ ।

अब यो निर्णयपछि रोजगारदाता कम्पनीहरुले न्युनतम ७ सय ५० रियाल दिनै पर्ने व्यवस्था नयाँ कानुनले गरेको छ । यो त्यहाँका रोजगारदाताहरुका लागि बाध्यकारी हुनेछ । कामका लागि अत्यधिक नेपाली जाने देश मध्येको देश कतारका लागि नेपाल सरकारले भने अदक्ष कामदारलाई न्युनतम तलब ९ सय रियाल दिनैपर्ने भन्दै निर्धारण गरेको थियो । तर कतार सरकारले रोजगारदाताहरुले न्युनतम ७ सय ५० रियाल मात्र दिनैपर्ने गरी कानुन बनाएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू