नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीमा गुट व्याप्त भएको बताउनुभएको छ । इलाममा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले पार्टी भित्र रहेका नेताहरुका गुटलाई कसरी अन्त्य गर्ने विषय गम्भीर बनिरहेको उल्लेख गर्नुभयो ।
गुटले पार्टी सिध्याउने उल्लेख गर्दै उहाँले गुटले पार्टीलार्ई भित्र भित्रै कमजोर बनाउँदै लगिरहेको बताउनुभयो । सो अवसरमा उहाँले पार्टीका सबै नेता तथा कार्यकर्तालाई पार्टीको नीति अनुरुप काम गर्न पनि आग्रह गर्नुभएको छ । कम्युनिस्ट पार्टीका नेताहरु अचेल स्वार्थी बन्न खोजिरहेको उल्लेख गर्दै प्रचण्डले नेताहरु मार्क्सवादको सिद्धान्तबाट बिमुख भएका कारण पार्टीमा समस्या देखिन थालेको टिप्पणी गर्नुभयो ।
कार्यक्रममा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल र नेकपाका नेता सुवासचन्द्र नेम्वाङको समेत उपस्थिति रहेको थियो ।