अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४५
| Colorodo: 18:00
विप्लव समूह निकट रहेको आरोपमा पक्राउ परेका पोखराका पत्रकार ओम हमाल सर्वोच्च अदालतको आदेशअनुसार छुट्नै नपाई फेरि पक्राउ पर्नुभएको छ । सर्वोच्चले मंगलबार बन्दीप्रत्यक्षीकरण रिट जारी गर्दै छाड्न आदेश दिए पनि प्रहरीले ‘माथिको आदेश’ भन्दै सर्वोच्चकै गेटबाट पुनः हमाललाई पक्राउ गरेको हो। हमालका तर्फबाट पत्रकार जन्मदेव जैशीले भदौ ८ गते सर्वोच्चमा रिट निवेदन दिनुभएको थियो ।
नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य रहेका हमाल जनसञ्चार डटकमका सम्पादक हुनुहुन्छ । पत्रकारितामा लामो सयमदेखि सक्रिय हमाललाई कास्कीमै मुद्दा चलाइएको थियो।