अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३३ | Colorodo: 06:48

काबुलमा आत्मघाती बम विष्फोट, कम्तीमा १४ को मृत्यु

बिआरटीनेपाल २०७६ साउन २२ गते ९:५५ मा प्रकाशित

अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती बम विष्फोटमा परी १४ जनाको मृत्यु भएको छ । तालिवान समूहले बुधबार प्रहरी चौकी अगाडि गरेको आत्मघाती विस्फोटमा परी १४० जना घाइते भएका छन्।

आन्तरिक मन्त्रालयका प्रवक्ता नसरत रहिमिका अनुसार चौकी अगाडिको चेक पोइन्टमा एउटा गाडी रोकिएपछि बम विष्फोट भएको थियो । आत.कवादी समुह तालिवानले विष्फोटको जिम्मेवारी लिएको छ। तालिवानले सेप्टेम्बर २८ मा हुने राष्ट्रपति चुनावको बहिस्कार र चुनावी सभालाई आक्रमण गर्ने धम्की दिएको एक दिनपछि उक्त आक्रमण भएको हो।

सरकारप्रति बफादार अफगानी सेना र सरकारी अधिकारीलाई लक्षित गरी तालिवानले दैनिकजसो देशभर आक्रमण गरिरहेको छ । संयुक्त राष्ट्र संघकाअनुसार अफ्गानी द्वन्द्वमा जुलाइमा मात्रै १५ सयभन्दा बढीको मृत्यु र घाइते भएका थिए । जुन मे २०१७ पछिको वर्षकै सबभन्दा धेरै घटेको दुर्घटना हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू