अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१२ | Colorodo: 04:27

इण्डोनेसियामा हिन्दुप्रति आकर्षण बढ्दै, जाभाकी राजकुमारी भन्छिन्–मन्दिरमा प्रार्थना गर्दा शान्ति मिल्छ

बिआरटीनेपाल २०७६ साउन ३ गते ९:४७ मा प्रकाशित

इण्डोनेसियामा हिन्दु धर्मप्रति आकर्षण बढ्दै गएको छ । पछिल्लो समय हिन्दु धर्मप्रतिको बढ्दो आकर्षणकै कारण जाभाकी राजकुमारी कान्जेङ्ग रादेन आयु महिन्द्रानी कूवीदयान्थी परामासी सन् २०१७ देखि हिन्दु धर्मावलम्बी भएकी छन् । उनले आफू लामो समयदेखि हिन्दू धर्मावलम्बी हुन चाहेको प्रतिक्रिया दिएकी छन् । उनी हिन्दू मन्दिरमा गएर प्रार्थना गर्दा शान्ति प्राप्त हुने बताउँछिन् । उनले इश्लाम धर्म छोडेर हिन्दू धर्म अपनाएकी हुन् ।

इण्डोनेसियाका प्रतिष्ठित मानिसमा पर्ने उनी सन् १९६१मा इटालीको रोममा जन्मेकी हुन् । संगीतलाई माया गर्ने र पियानोमा लत भएकी यी राजकुमारी कम्पोजर पनि हुन् । उनी जाभाको सुधी वादानी नामको परम्परागत सांस्कृतिक विधिका बीच सन् २०१७को जुलाई १७ बाट हिन्दु भएकी हुन् ।

हिन्दू धर्ममा लाग्नका लागि योे शुरुवाती प्रक्रिया हो । हिन्दू धर्म इण्डोनेसियामा अल्पसंख्यक समूहले मान्दै आएको धर्म हो । सन् २०१०को जनगणना अनुसार इण्डोनेसियामा १.७ प्रतिशत मानिस हिन्दू रहेकोमा बालीमा भने ८३ प्रतिशत हिन्दु छन् ।

अहिले आएर यो धर्मप्रति आकर्षित हुने मानिसको संख्या बढ्दै गएको बताइएको छ । सुधी वादानी नामको साँस्कृतिक विधिबाट राजकुमारीलाई हिन्दू पूजारी इदा सारी गलेह विकु श्री भगवान पुत्र नाथ नव वंश पेमायुनले हिन्दु बनाएका हुन् । पूजारीले राजकुमारीलाई शुद्धीकरण विधि अपनाएर हिन्दु बनाएका हुन् । त्यतिबेला नारायण मन्त्र वाचन गरिनुका साथै गायत्री मन्त्रपनि उच्चारण गरिएको थियो । राजकुमारीले बालीमा हिन्दु आश्रम बनाउने पनि घोषणा गरेकी छन् । इण्डोनेसियामा हिन्दू लगायत ६ धर्मलाई आधिकारिक मान्यता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू