अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५६ | Colorodo: 21:11

भारतीय वायुसेनको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो, विमानमा सवार सबै १३ जनाको मृत्यु

बिआरटीनेपाल २०७६ जेठ ३१ गते ९:५९ मा प्रकाशित

गत जुन ३ मा असामको जोरहाटबाट उडेको केही समयमा वेपत्ता भएको भारतीय वायुसेनाको एएन–३२ विमान भारतको अरुणाचल राज्यको सियाङ जिल्लाको जंगलमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। उक्त दुर्घटनामा विमानमा सवार सबै १३ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। मृतकका परिवारलाई उक्त कुराको जानकारी गराइएको छ।

भारतीय वायुसेनको टोली बिहीबार बिहान विमान दुर्घटनास्थल पुगेको थियो। खोज तलासको क्रममा विमानको व्ल्याक बक्स सहित दुर्घटनामा मृत्यु भएका १३ शव समेत प्राप्त भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू