अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०९ | Colorodo: 18:24

मुख्यमन्त्रीसहित मन्त्रीहरु बाटोमै सुते

बिआरटीनेपाल २०७५ फागुन २ गते ८:३६ मा प्रकाशित

भारतको पुडुचेरीका मुख्यमन्त्री वी. नारायणसामी उपराज्यपाल किरण बेदीविरुद्ध विरोध प्रदर्शनका लागि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको तरिका अपनाउँदै धर्नामा बस्नुभएको छ । पुडुचेरी सरकारका विभिन्न प्रस्ताव उपराज्यपाल किरण बेदीले रोकेको नारायणसामीको आरोप छ । यसरी रोकिएका प्रस्तावमा सर्वसाधारणलाई निःशूल्क चामल वितरण गर्ने पनि रहेको उहाँले बताउनुभयो ।

केजरीवालको जस्तै भए पनि नारायणसामीको धर्नाको शैली केही फरक छ । मुख्यमन्त्री नारायणसामी र उहाँको मन्त्रीपरिषदका अरु सदस्यले धर्नामा साथ दिएका छन् । उनीहरु उपराज्यपालको सरकारी निवास राज निवासको गेटको सामुन्ने रहेको सडकमा धर्ना बसेका छन् । धर्ना सुरु हुनुअघि मुख्यमन्त्री र उपराज्यपालबिच चिट्ठी आदान–प्रदान भएको थियो । त्यसपछि धर्नाको अवस्था आएको हो ।

आम रुपमा सेतो कमिज र धोती लगाउने मुख्यमन्त्रीले कालो कमिज र कालै धोती लगाएका छन् । मुख्यमन्त्रीसहित धर्नामा रहेका मन्त्रीहरु बुधबार राति बाटोमै सुतेको जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू