अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१६ | Colorodo: 05:31

विश्व खुशियाली सम्मेलनमा भाग लिदैं मन्त्री लालबाबु पण्डित

बिआरटीनेपाल २०७५ माघ २५ गते ६:४२ मा प्रकाशित

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित ‘विश्व खुशियाली सम्मेलन’मा भाग लिन आज संयुक्त अरब इमिरेटको राजधानी दुबई प्रस्थान गर्नुभएको छ ।आगामी आइतबारदेखि हुने सम्मेलनमा भाग लिन आज त्यसतर्फ जानुभएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो ।

सम्मेलनमा मन्त्री पण्डितले नेपालमा मानव विकासको अवस्था, लगानीमैत्री वातावरणको स्थिति, नेपालको प्रतिव्यक्ति आय बढेको र शान्तिपूर्ण वातावरण तयार भएर स्थिर सरकारसमेत बनेको अवस्थामा नेपालीमा खुशियाली प्रवद्र्धन भइरहेको बारेमा सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँले जानकारी गराउनुभयो ।

सम्मेलनमा विश्वका १२१ देशका सरकार प्रमुख र मन्त्रीको सहभागिता रहने छ । मन्त्री पण्डित आगामी फागुन एक गते स्वदेश फर्कनु हुनेछ ।

प्रतिक्रिया