अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०० | Colorodo: 13:15

प्रधानमन्त्री प्रचण्ड सत्ताका लागि जे गर्न पनि तयार – बाबुराम भट्टराई

बिआरटीनेपाल २०८१ वैशाख १९ गते ५:०९ मा प्रकाशित

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ताका लागि जे पनि गर्न तयार हुने गरेको आरोप लगाउनुभएको छ । १३५ आंैं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर बुधवार काठमाडौंको शान्तिवाटिकामा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले सो कुरा बताउनुभएको हो ।

अध्यक्ष भट्टराईले कहिले कांग्रेस र एमालेसँग आलोपालो पछि लागेर प्रधानमन्त्री प्रचण्डले सत्ताका लागि मरिहत्ते गरेको बताउनुभयो । उहाँले माओवादी आन्दोलनमा लागेका पार्टी र व्यक्तिहरुलाई समेटेर नयाँ समाजवादी धुव्रीकरणको अभियान सुरु गर्न आफूले गत निर्वाचनमा माओवादी केन्द्रसँग सहकार्य गरेपनि प्रधानमन्त्री प्रचण्डको सत्तामोहका कारण त्यसलाई अघि बढाउन नसकिने जिकिर गर्नुभयो ।

अध्यक्ष भट्टराईले दाहालको सत्ता मोहले वाक्क भएकाहरुलाई पनि समाजवादी धारमा अघि बढाउन आफूले निर्वाचनमा माओवादी केन्द्रसँग सहकार्य गरे पनि सोही पार्टीमा एकीकरण भएर जाने निर्णय भने नगरेको बताउनुभयो । अध्यक्ष भट्टराईले प्रचण्डले निर्वाचन अघि पानीमा भिजेको बिरालो जस्तो भएर गोरखामा चुनाव लड्नका लागि आफूसँग अनुनय विनय गरेपनि जितेपछि शेरजस्तो भएर गर्जिन थालेको भन्दै आक्रोश पनि व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू