अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०१ | Colorodo: 23:16

कंगोमा विपक्षी उम्मेदवार फेलिक्स् सिसेकेदी राष्ट्रपतिमा निर्वाचित

बिआरटीनेपाल २०७५ पुष २६ गते ८:२८ मा प्रकाशित

प्रजातान्त्रिक गणतन्त्र कंगोमा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा विपक्षी उम्मेदवार फेलिक्स् सिसेकेदी विजयी हुनुभएको छ । सिसेकेदीले ३८ दशमलब ५ प्रतिशत मत ल्याई विजयी हुनुभएको त्यहांको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनका दौरान सिसेकेदीले आफ्नो प्राथमिकता गरिबीविरुद्ध लक्षित हुने बताउनुभएको थियो । उहाँ मुलुक स्वतन्त्र भएपछि निर्वाचन जित्ने पहिलो विपक्षी नेता बन्नुभएको छ । चुनावी नतिजाको औपचारिक घोषणापछि वर्तमान राष्ट्रपति जोसेफ काबिलाले १८ वर्षपछि सत्ता छाड्नुपर्ने भएको छ ।

सन् १९६० मा बेल्जियमबाट स्वतन्त्र भएपछि प्रजातान्त्रिक गणतन्त्र कंगोमा विधिपूर्वक सत्ता हस्तान्तरण गर्ने राष्ट्रपति काबिलाले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । तर चुनावमा धांधली भएको भन्दै अरु विपक्षी उम्मेदवारले चुनावी नतिजा स्वीकार गर्ने अबस्था नभएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू