अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०७
| Colorodo: 00:22
पूर्वराजा ज्ञानेन्द्र शाहले तनहुँको सडकमै सर्वसाधारणसँग भेट गर्नुभएको छ । तनहुको दमौलीमा केही समय बिताउनु भएका पूर्वराजा शाहलाई भेटन ठुलो भीड लागेको थियो । नेता जिल्लामा आउदा हेर्न भेट्न खासै चासो लिन छाडेका यहाँका हजारौं नागरिकले सडकमै राजासित भेटघाट गरेका छन् ।
दलका जिल्ला तहका नेता पनि यी राजालाई हेर्न तछाडमछाड नै गरेको देखिएको बताईएको छ । केही समयदेखि गण्डकी प्रदेशको राजधानी पोखरामा बसिरहनु भएका शाह आज तनहुँ जानुभएको थियो ।