अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३१
| Colorodo: 16:46
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोलिमर नोट छपाई काण्डमा पूर्वगर्भनर तिलक रावलसहित ३ जनालाई भ्रष्टाचार मुद्दामा दायर गरेको छ । अख्तियारले उनीहरुलाई ९१ लाख रकम बिगो दावीसहित विशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।
रावलसहित अख्तियारले तत्कालिन नोट विभाग प्रमुख उपेन्द्र केशरी पौडेल र मे फ्लावर लिमिटेडका स्थानीय प्रतिनिधि हिमालय बहादुर पाण्डेविरुद्व अदालतमा मुघा दायर गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिनुभएको छ ।
नेपाल राष्ट्र बैंकबाट अस्ट्रेलियामा १० रुपैयाको पाँच करोड थान नोट छपाई गरिँदा अनियमितता भएको दावी गर्दै अख्तियारले तीनै जनाविरुद्व जनही ९१ लाख ९ हजार ८ सय ८९ रुपैयाँ ५८ पैसा बिगो माग दाबी गरिएको प्रवक्ता दंगालले बताउनुभयो ।