अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३१ | Colorodo: 05:46

पाकिस्तानद्वारा अमेरिकी कूटनीतिज्ञलाई देश छोड्न रोक

बिआरटीनेपाल २०७५ वैशाख ३० गते ११:१९ मा प्रकाशित

इस्लामावाद, पाकिस्तानले इस्लामावादमा पाकिस्तानी नागरिकको ज्यान जानेगरी केही हप्ता पहिले भएको सडक दुर्घटनामा दोषी भनी आरोप लागेका अमेरिकी राजदूतावासका कर्मचारी कर्नेल जोसेफ इमानुयल हललाई देश छोड्नबाट रोक लगाएको छ ।

हलद्वारा चलाइएको एउटा गाडीले इश्लामावादमा पाकिस्तानी मोटरसाइकल चालकलाई ठक्कर दिइएपछि गत अप्रिल ७ मा भएको मृत्यु भएपछि पाकिस्तानी जनमानस अमेरिकाप्रति आक्रोशित बनेका छन् ।

हुन त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इश्लामावादमाथि गत जनवरीमा आतङ्कवाद नियन्त्रण गर्ने प्रतिबद्धता विपरीत आतङ्कवाद नियन्त्रणमा आवश्यक सहयोग नगरेको बताउँनु भएको थियो । पछि अमेरिकाले वासिङ्टनबाट पाकिस्तानलाई दिँदै आएको सुरक्षा सहयोग रोक्का गरेको थियो ।

विवाद चलिरहेका समय इस्लामावादस्थित अमेरिकी राजदूतावासका कर्मचारीले चलाएको गाडीको ठक्करबाट पाकिस्तानी मोटरसाइकल चालकको मृत्युभएपछि दुई देशबिचको सम्बन्धमा थप समस्या देखिएको हो ।

अमेरिकी राजदूतावासका रक्षा तथा वायुसेनासँग आवद्धता रहेका हलले शनिवार पाकिस्तानको रावलपिण्डीबाट स्वदेश फर्कने क्रममा रोकिएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

पाकिस्तानले बिहीबार आफ्ना अमेरिकामा रहेका कूटनीतिज्ञमाथि यही मे ११ देखि लागु हुनेगरी यात्रा गर्न प्रतिबन्ध लगाइएको पुष्टि गरेको थियो भने पाकिस्तानले पनि शुक्रवारदेखि नै लागू हुने गरी इस्लामावादमा रहेका अमेरिकी कूटनीतिज्ञलाई यात्रामा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो ।

पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता मोहम्मद फैसलालाई के कूटनीतिज्ञमाथि यात्रामा लगाइएको प्रतिबन्ध तत्काल नै लागु हुनेछ भनी शनिवार गरिएको प्रश्नमा भन्नुभयो, “यात्रामा रोक मे ११ देखि नै लागु गरिने छ । तर यस विषयको समाधानका लागि दुवै पक्षबिच वार्ता भइरहेका छन् ।”

अमेरिकी निर्णय बमोजिम न्यु योर्क, लस एन्जेल्स, टेक्सस र सिकागोमा कार्यरत कूटनीतिज्ञहरू बसिरहेको स्थानबाट ४० किलोमिटर टाढा जान पाइने छैन । रासस/पिटीआई

USA and Pakistan

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू