अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४५ | Colorodo: 04:00

उत्तर कोरियास्थित आणविक परीक्षण केन्द्र बन्द हुने

बिआरटीनेपाल २०७५ वैशाख १६ गते ९:१९ मा प्रकाशित

आगामी मे महिनादेखि उत्तर कोरियास्थित आणविक परीक्षण केन्द्र पूर्ण रुपमा बन्द हुने दक्षिण कोरियाली राष्ट्रपतीय कार्यालयले जनाएको छ । गत शुक्रबार उत्तर र दक्षिणकोरियाली राष्ट्रपतिबीच कोरियाली प्रायद्विपमा आणविक हतियार प्रयोग नगरिने विषयमा सहमति भएको थियो ।

दुई समकक्षीबीचको वार्तामा उत्तर कोरियाली नेता किमले मे महिनासम्ममा आणविक परीक्षण केन्द्र बन्द गर्ने विषयमा प्रतिबद्धता जनाएको दक्षिण कोरियाली प्रवक्तालाई उदृत गर्दै बीबीसीले जनाएको छ । योसँगै उत्तर कोरिया र दक्षिण कोरियाली समय एउटै बनाउने विषयमा समेत सहमति भएको दक्षिण कोरियाली राष्ट्रपति कार्यालयले जनाएको छ। 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू