अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४८ | Colorodo: 23:03

‘शत्रु गते’ को ‘रुपै मोहनी’ दर्शकको अत्याधिक रोजाईमा

बिआरटीनेपाल २०७४ माघ ६ गते २३:२१ मा प्रकाशित

फिल्म ‘शत्रु गते’ को पहिलो प्रचारप्रसार सामग्री अन्तर्गत सार्वजनिक गरिएको गीत ‘रुपै मोहनी’ लाइ दर्शकले रुचाएका छन् । सार्वजनिक भएको तिन सातामै यस गीतलाई पचास लाख भन्दा बढीले हेरिसकेका छन् । गीत नेपाल ट्रेण्डीङको नम्बर २७ (न्युज तयार पार्दा सम्म) मा रहेको छ । ‘रुपै मोहनी’ बोलको गीतमा शब्द लोकराज अधिकारीको रहेको छ भने यसमा संगीत टंक बुढाथोकीले दिएका छन् ।

गीतलाई टंकले मीना निरौलासंग संयुक्त रुपमा गाएका छन् । कविराज गहतराजको निर्देशनमा तयार भएको गीतलाई दिर्घ गुरुङले खिचेका हुन् । हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, प्रियंका कार्की लगायतका कलाकारहरुको उपस्थिति भएकै कारण पनि फिल्मको हाइप बढ्दो छ । यस गीतमा तीन पुस्तालाई देखाइएको छ । गीतमा हरिवंश र दीपा , दीपक र प्रियंका तथा पल र आँचलको जोडीलाई दर्शकले देख्न पाउनेछन् ।

नेपाली फिल्मनगरीमा हरिवंश , दीपक र पललाई तिन पुस्ताको रुपमा पनि हेर्ने गरिन्छ । मित्र देव गुरुङको सम्पादनमा तयार गीतलाई दर्शककै अनुरुप बनाउने कोशिश गरिएको निर्माण पक्षको भनाइ छ । डेब्यु फिल्म ‘जात्रा’ मार्फत निर्देशनमा आएका प्रदीप भट्टराईले यस फिल्मलाई निर्देशन गरिरहेका छन् । तराई र काठमाण्डौमा छायाँकन गरिएको यस फिल्मलाई दर्शकले चैत्र ९ गते हेर्न पाउनेछन् । फिल्मलाई मह सञ्चारले निर्माण गरेको हो भने यसको प्रस्तुतकर्ता किरण केसी रहेका छन् ।

हरिवंश आचार्य , निर्माता तथा कलाकार – धन्यवाद सम्पूर्ण दर्शकलाई गीतलाई मन पराउनु भएको छ । हामी केहि समयको अन्तरालमा पुनः फिल्म निर्माणमा आएका छौ । यतिबेला दर्शकको स्वाद केहि फेरिएको छ , त्यसै रहेर हामीले शत्रु गते निर्माण गरेका छौ । गीत झैँ फिल्म पनि मन पराउनु हुन्छ भन्ने आश छ । फिल्म चैत्र ९ मा आउने छ । गीतमा पनि नाच्ने कोसिस गरेको छु । दीपा , पल , आँचल , दीपक , प्रियंकाको जमातमा म पनि गीतमा देखिदा खुसि लाग्यो ।

प्रदीप भट्टराई , निर्देशक – खुसि लागेको छ , गीतलाई दर्शक तथा श्रोताले रुचाउनु भएको छ । हामीले जुन मेहनत आशले फिल्मको पहिलो सामाग्री स्वरूप गीतलाई बाहिर ल्याएका छौ , त्यसमा सफल भएको होकी भन्ने महसुस हुदैछ । गीतमा हामीले तिन पुस्तालाई नै देखाउने योजना अनुरुप तयार पारेका थियौ । यो गीत विवाह समारोहको सेटअपमा तयार पारेका हौ ।

 

प्रतिक्रिया